बूँद रानामोसो दल्छ, तिम्रो शहरमा !
उज्यालोले सधैं छल्छ, तिम्रो शहरमा
मध्यान्हमै घाम ढल्छ, तिम्रो शहरमा !
टर्रो, तीतो खानै पर्ने हुन्छ बाध्यता
यस्तै यस्तै फल फल्छ, तिम्रो शहरमा !
जवानीमै बुढ्यौली पो भोग्छ जिन्दगी
मइन बनी हाड़ गल्छ, तिम्रो शहरमा !
खाँटी चाहिं चलिहाल्छ, भन्न सकिन्न,
खोटो सिक्का पक्कै चल्छ, तिम्रो शहरमा !
खोजी कतै भेटाए पो लाली दल्दथ्यो,
नियतिले मोसो दल्छ, तिम्रो शहरमा !
भनौं भने तिम्रो चित्त दुख्छ, थाहा छ
नभनौं त दिल जल्छ, तिम्रो शहरमा !!
हाल ः काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































