साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्पन्न

Nepal Telecom ad

सम्पन्न भन्नाले सम्पूर्ण कुराको अभाव नहुनेलाई सर्व गुण सम्पन्न, सर्वरुप सम्पन्न, पदले सम्पन्न, धनले सम्पन्न, मनले सम्पन्न, समाजले सम्पन्न आदि आदि कुरोको चुरो पत्ता लगाउन गाह्रै पर्ला नपर्ला । हो त्यसैले होला सम्पन्न परिवारको सम्पन्न खानदानको सम्पन्न देशको सम्पन्न समाजको आदि कुरालाई जोडने होड़ कलियुगमा जमेकै छ र जमिरहन्छ पनि ।

सम्पन्न परिवारलाई अर्को अर्थमा खानदानी पनि भनिन्छ । खानदानी भन्नाले सम्पन्न, माथिको अर्थात उच्च खानदानी पनि भनिन्छ । खÞानदानी, उच्च खानदान अथवा कुल घरानाको घरानिया, कुलिन अथवा वंश परम्पराबाट आएको पैत्रिक भन्ने घोइरो घोइरो पहिरो नजाँदै बुझेकै हो । हुन त खानदान भन्दा खानेकुरा हालेर लगिने तह तह परेको कचौरा आकारका भाँडाको बट्टालाई पनि भनिन्छ तर त्यसैको अर्को अर्थ अर्कै हुन्छ भन्दा फरकै नपर्ला । अर्को कुरा सम्पन्न अथवा खानदानीलाई माथिल्लो स्तरको पनि भनिन्छ । जे होस् यस्ता व्यक्त्तित्वहरूले तल हेर्नै जान्दैनन् । माथिल्लो स्तरको व्यक्त्तित्वहरूको भावै माथि स्वाभावै माथि तल भन्ने कुरो उनको तालिकामै छैन । महाशयको स्वाभावै तलै हेर्न नसक्ने जÞमीन छुन नहुने नजराँ विपन्न, अखानदानी र तल्लो स्तरका मानिस बगराँ फालिन्छन् । समाजमा चाहे मेहेनतले होस् चाहे कष्टले या चाहे भ्रष्टले, चाहे ततष्टले, माथिकाले हात दिएर स्याट्ट माथि उठेपछि उनी प्याट्ट खान्दानी भए । त्यस्तै उनका हरेक कुरा आसमानमा गुन्जन्छन् उनले तल त हेर्ने कुरै भएन । तर जो माथि उठन सकेन ऊ तल रहन्छ अखानदानी, असम्पन्न र तल्लो स्तरको भन्ने परम्पराले परान धान्न गाह्रो भयो ।

सम्पन्न खानदानी अथवा माथिल्लो स्तरका मानिसको धेरै कुराले जुरो हालेको हो चुरो पत्ता लगाउन गाह्रै परेको कुरा खोल्न चाहन्न । एउटा मुख्यकारण त भातलाई भुजा, पानीलाई वाइन अथवा सोमरस, पनिर, पुलाउ, मासु, फलफूल, तरकारीका भेराइटी हेर्दा लाग्छ ! त्यही हो नारायणहिटी ! जे होस् सङ्गतमा शाही गाडी, शाही सङ्गत, शाही बसउठ र कुरामा सियो, बक्सियोस् त तलकाले भन्ने हो नि हजुर विदेशी रक्सी, विदेशी भाषा, विदेशी कुरा घरमा हरेक कुरा विदेशवाट ल्याएको, पठाएको, दिएको । हरेक महिना हरेक कन्ट्रीमा हरेक ठाउँको नाउँ अवलोकन फोनकै कुरा गरूँ भन्दा धन्दा नमान्नुस् एक मिनेटमा अमेरिकाबाट आउनु पर्ने, अर्को मिनेटमा जापानबाट अर्को मिनेटमा अष्ट्रेलियाबाट । लाग्छ त्यहीँ छ संसार छोटे संसार । छोटे सन्सारमा छुट हुन्छ भन्सार ! जहाँ पाइन्छ विदेशी चिज त्यहाँ केही पनि हुनु हुन्न देशी चाहे पुरानै किन नहोस् । विदेशबाट आएको हुनु पर्यो चाहे आफ्नै देशबाट गए पनि विदेशबाट आएको हुनु चाहिँ पर्यो है हजुर ।

सम्पन्न, खानदानी तथा माथिका मान्छे चाहे चुरोटकै कस किन नलिउन् ! चुरोटकै कस लिँदा पनि आकाशमै हेर्छन् । आकाशमै धुवाँ उडाउँछन् र सम्झन्छन् । ‘बादलै मैले बनाएँ त्यस्तै गरि आकाशै मैले ढाकेँ’ लाग्छ माथिकै कुरा सोच्छन्, माथिकै चिन्तन र मनन गर्छन् । लाग्छ उनीहरू खानेकुरा कुरा पिउने गर्छन् र पिउने चिजलाई काँटा र चम्चाले काटी काटी खाने गर्छन्, त्यसैले होला एउटै समाज, एउटै पार्टी, एउटै कमिटी, एउटै भाषा, एउटै भेष र एउटै देशका दाजु, भाइ तथा दिदी बहिनीहरूलाई पनि विभिन्न तह र तप्कामा विभाजन गरि चीरा चीरामै कीरा सल्काइ दिन्छन् । ढिलो सुत्ने, ढिलो उठ्ने आफ्नो दुनियामा लगातार हिँडिरहने सम्पन्नताले आकाशको निलो गगनमा शैर गरेकैले होला आफ्नैमा वैर बढेको । हिँड्दै जाँदा तलकालाई कुल्चँदै पछार्दै लतार्दै हिँड्ने बानीले होला महाशयहरूले माथि नै हेरेका हैन र हजुर ? तल आफूले कुल्चेको पछारेको र जुत्तामुनि राखेको देखेकै छैनन् । तर तलको अथवा विपन्नले मुटुमा ढ्याङ्ग्रो ठोकेर हरेक टाइम्मा आफ्ना समयलाई विभाजन गर्दै दगुर्नु छ ! चाहे काम्मा होस,चाहे चाकरीमा, चाहे जागिराँ जोग्गिीदै किन नदुगुर्नु नपरोस् किनभने हरेक क्षण हरेक समय ठूलावडाको हातमा र घोडा लातमाँ छलिनै पर्छ हजुर ।

त्यस्तै वलिया बाँङ्गा वल र ठूला वडा दलको पनि अगाडि पर्यो कि टोर्नेडा भुमरीयाँ, हजुरीका जुत्ता तलुवाँ ढुन्मुनिंदा आफ्नो पथाँ आफ्नो कामाँ कक्षाँ वजारिन सक्छ तर बोल्न हुन्न र कसैलाई भन्न पनि हुन्न ।“बोल बोल मछडी मुख भरी पानी“ यो उसको नियति हो ।

सम्पन्न महाशय विपन्न बाबा आमालाई पनि हेर्दैनन्, दाजुभाइ त परै जावस् दिदी बहिनी त पराइ घर गैसके भने समाजको र देशको त के कुरा गर्ने ? त्यसैले तल हेर्ने त उहाँहरूको आदतै गयो । कर्म तल्लो भएर तल नहेरेको हो कि धर्म त्यो त शर्म भए पो हेर्ने भनेर भन्न मिलेन । जे होस महाशयको आँखा पनि तल झुक्दैन न त टाउकै झुक्ला चाहे बाउकै पाउमा पर्न किन नपरोस् । त्यसैले मैले धेरै विपन्नहरूबाट सम्पन्नहरू देखको छु । जुन महाशयहरू तल झरेर माथि पुगेका छन् उनीहरू माथि नै भए तर उनीहरूलाई तलबाट भर्याङ बनेर माथि पुर्याउनेहरू आफ्नो धरातलमै छन्, आकाश चुम्ने उदेश्य भए पनि उड्न सकेनन् । यसरी नै एक महाशय आकाशाँ शैर गर्दागर्दै धर्तिमा परे । बादलुमा‘ अल्झिएर एकजना महाशयले धर्ती माताको काखमा लम्पसार पर्नु पर्यो । त्यति मात्रै कहाँ हो र ? हातखुट्टा नै भाँच्चियो, मुन्टो बाङ्गियो, कम्मर टुट्यो । अपाङ्ग भई भुइँमा हेर्नु पर्यो र लास्टाँ चाहेर पनि माथि फर्कन नसक्ने अपाङ्ग भए, प्यारालाईसिसले डेराँ थन्किए, अन्तिम घडीआँ जीवनका हरेक क्षणको स्मरण गर्दै जीवनको शरणसँगै मरण कुर्दै रहे । त्यसैले जीवनाँ महत्वपूर्ण कुरा झुक्नुमा रहेछ चुक्नुमा हैन भन्ने बुझेँ तर ढिला भयो तर यो जुनि त सकियो । हैन हजुर, आजको दिन त वाँकी छ नि हैन त हजुर लु आजैबाट अर्दा कसो होला ..?

हाल : एनआरएन अमेरिकाको मिडिया कोर्डिनेटर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दमदार दमडी

दमदार दमडी

सर्वज्ञ वाग्ले
साँढे

साँढे

सर्वज्ञ वाग्ले
नेता बन छोरा

नेता बन छोरा

सर्वज्ञ वाग्ले
मुर्ख समाज !

मुर्ख समाज !

सर्वज्ञ वाग्ले
जस्तो आफू उस्तै च्यापु

जस्तो आफू उस्तै च्यापु

सर्वज्ञ वाग्ले
0
Would love your thoughts, please comment.x
()
x