सर्वज्ञ वाग्लेसम्पन्न
सम्पन्न भन्नाले सम्पूर्ण कुराको अभाव नहुनेलाई सर्व गुण सम्पन्न, सर्वरुप सम्पन्न, पदले सम्पन्न, धनले सम्पन्न, मनले सम्पन्न, समाजले सम्पन्न आदि आदि कुरोको चुरो पत्ता लगाउन गाह्रै पर्ला नपर्ला । हो त्यसैले होला सम्पन्न परिवारको सम्पन्न खानदानको सम्पन्न देशको सम्पन्न समाजको आदि कुरालाई जोडने होड़ कलियुगमा जमेकै छ र जमिरहन्छ पनि ।
सम्पन्न परिवारलाई अर्को अर्थमा खानदानी पनि भनिन्छ । खानदानी भन्नाले सम्पन्न, माथिको अर्थात उच्च खानदानी पनि भनिन्छ । खÞानदानी, उच्च खानदान अथवा कुल घरानाको घरानिया, कुलिन अथवा वंश परम्पराबाट आएको पैत्रिक भन्ने घोइरो घोइरो पहिरो नजाँदै बुझेकै हो । हुन त खानदान भन्दा खानेकुरा हालेर लगिने तह तह परेको कचौरा आकारका भाँडाको बट्टालाई पनि भनिन्छ तर त्यसैको अर्को अर्थ अर्कै हुन्छ भन्दा फरकै नपर्ला । अर्को कुरा सम्पन्न अथवा खानदानीलाई माथिल्लो स्तरको पनि भनिन्छ । जे होस् यस्ता व्यक्त्तित्वहरूले तल हेर्नै जान्दैनन् । माथिल्लो स्तरको व्यक्त्तित्वहरूको भावै माथि स्वाभावै माथि तल भन्ने कुरो उनको तालिकामै छैन । महाशयको स्वाभावै तलै हेर्न नसक्ने जÞमीन छुन नहुने नजराँ विपन्न, अखानदानी र तल्लो स्तरका मानिस बगराँ फालिन्छन् । समाजमा चाहे मेहेनतले होस् चाहे कष्टले या चाहे भ्रष्टले, चाहे ततष्टले, माथिकाले हात दिएर स्याट्ट माथि उठेपछि उनी प्याट्ट खान्दानी भए । त्यस्तै उनका हरेक कुरा आसमानमा गुन्जन्छन् उनले तल त हेर्ने कुरै भएन । तर जो माथि उठन सकेन ऊ तल रहन्छ अखानदानी, असम्पन्न र तल्लो स्तरको भन्ने परम्पराले परान धान्न गाह्रो भयो ।
सम्पन्न खानदानी अथवा माथिल्लो स्तरका मानिसको धेरै कुराले जुरो हालेको हो चुरो पत्ता लगाउन गाह्रै परेको कुरा खोल्न चाहन्न । एउटा मुख्यकारण त भातलाई भुजा, पानीलाई वाइन अथवा सोमरस, पनिर, पुलाउ, मासु, फलफूल, तरकारीका भेराइटी हेर्दा लाग्छ ! त्यही हो नारायणहिटी ! जे होस् सङ्गतमा शाही गाडी, शाही सङ्गत, शाही बसउठ र कुरामा सियो, बक्सियोस् त तलकाले भन्ने हो नि हजुर विदेशी रक्सी, विदेशी भाषा, विदेशी कुरा घरमा हरेक कुरा विदेशवाट ल्याएको, पठाएको, दिएको । हरेक महिना हरेक कन्ट्रीमा हरेक ठाउँको नाउँ अवलोकन फोनकै कुरा गरूँ भन्दा धन्दा नमान्नुस् एक मिनेटमा अमेरिकाबाट आउनु पर्ने, अर्को मिनेटमा जापानबाट अर्को मिनेटमा अष्ट्रेलियाबाट । लाग्छ त्यहीँ छ संसार छोटे संसार । छोटे सन्सारमा छुट हुन्छ भन्सार ! जहाँ पाइन्छ विदेशी चिज त्यहाँ केही पनि हुनु हुन्न देशी चाहे पुरानै किन नहोस् । विदेशबाट आएको हुनु पर्यो चाहे आफ्नै देशबाट गए पनि विदेशबाट आएको हुनु चाहिँ पर्यो है हजुर ।
सम्पन्न, खानदानी तथा माथिका मान्छे चाहे चुरोटकै कस किन नलिउन् ! चुरोटकै कस लिँदा पनि आकाशमै हेर्छन् । आकाशमै धुवाँ उडाउँछन् र सम्झन्छन् । ‘बादलै मैले बनाएँ त्यस्तै गरि आकाशै मैले ढाकेँ’ लाग्छ माथिकै कुरा सोच्छन्, माथिकै चिन्तन र मनन गर्छन् । लाग्छ उनीहरू खानेकुरा कुरा पिउने गर्छन् र पिउने चिजलाई काँटा र चम्चाले काटी काटी खाने गर्छन्, त्यसैले होला एउटै समाज, एउटै पार्टी, एउटै कमिटी, एउटै भाषा, एउटै भेष र एउटै देशका दाजु, भाइ तथा दिदी बहिनीहरूलाई पनि विभिन्न तह र तप्कामा विभाजन गरि चीरा चीरामै कीरा सल्काइ दिन्छन् । ढिलो सुत्ने, ढिलो उठ्ने आफ्नो दुनियामा लगातार हिँडिरहने सम्पन्नताले आकाशको निलो गगनमा शैर गरेकैले होला आफ्नैमा वैर बढेको । हिँड्दै जाँदा तलकालाई कुल्चँदै पछार्दै लतार्दै हिँड्ने बानीले होला महाशयहरूले माथि नै हेरेका हैन र हजुर ? तल आफूले कुल्चेको पछारेको र जुत्तामुनि राखेको देखेकै छैनन् । तर तलको अथवा विपन्नले मुटुमा ढ्याङ्ग्रो ठोकेर हरेक टाइम्मा आफ्ना समयलाई विभाजन गर्दै दगुर्नु छ ! चाहे काम्मा होस,चाहे चाकरीमा, चाहे जागिराँ जोग्गिीदै किन नदुगुर्नु नपरोस् किनभने हरेक क्षण हरेक समय ठूलावडाको हातमा र घोडा लातमाँ छलिनै पर्छ हजुर ।
त्यस्तै वलिया बाँङ्गा वल र ठूला वडा दलको पनि अगाडि पर्यो कि टोर्नेडा भुमरीयाँ, हजुरीका जुत्ता तलुवाँ ढुन्मुनिंदा आफ्नो पथाँ आफ्नो कामाँ कक्षाँ वजारिन सक्छ तर बोल्न हुन्न र कसैलाई भन्न पनि हुन्न ।“बोल बोल मछडी मुख भरी पानी“ यो उसको नियति हो ।
सम्पन्न महाशय विपन्न बाबा आमालाई पनि हेर्दैनन्, दाजुभाइ त परै जावस् दिदी बहिनी त पराइ घर गैसके भने समाजको र देशको त के कुरा गर्ने ? त्यसैले तल हेर्ने त उहाँहरूको आदतै गयो । कर्म तल्लो भएर तल नहेरेको हो कि धर्म त्यो त शर्म भए पो हेर्ने भनेर भन्न मिलेन । जे होस महाशयको आँखा पनि तल झुक्दैन न त टाउकै झुक्ला चाहे बाउकै पाउमा पर्न किन नपरोस् । त्यसैले मैले धेरै विपन्नहरूबाट सम्पन्नहरू देखको छु । जुन महाशयहरू तल झरेर माथि पुगेका छन् उनीहरू माथि नै भए तर उनीहरूलाई तलबाट भर्याङ बनेर माथि पुर्याउनेहरू आफ्नो धरातलमै छन्, आकाश चुम्ने उदेश्य भए पनि उड्न सकेनन् । यसरी नै एक महाशय आकाशाँ शैर गर्दागर्दै धर्तिमा परे । बादलुमा‘ अल्झिएर एकजना महाशयले धर्ती माताको काखमा लम्पसार पर्नु पर्यो । त्यति मात्रै कहाँ हो र ? हातखुट्टा नै भाँच्चियो, मुन्टो बाङ्गियो, कम्मर टुट्यो । अपाङ्ग भई भुइँमा हेर्नु पर्यो र लास्टाँ चाहेर पनि माथि फर्कन नसक्ने अपाङ्ग भए, प्यारालाईसिसले डेराँ थन्किए, अन्तिम घडीआँ जीवनका हरेक क्षणको स्मरण गर्दै जीवनको शरणसँगै मरण कुर्दै रहे । त्यसैले जीवनाँ महत्वपूर्ण कुरा झुक्नुमा रहेछ चुक्नुमा हैन भन्ने बुझेँ तर ढिला भयो तर यो जुनि त सकियो । हैन हजुर, आजको दिन त वाँकी छ नि हैन त हजुर लु आजैबाट अर्दा कसो होला ..?
हाल : एनआरएन अमेरिकाको मिडिया कोर्डिनेटर
Subscribe
Login
0 Comments
Oldest






































