मनोज गजुरेल‘जनता चिल्लीबिल्ली, नेता सिल्ली’
जब मनोज बने मोदी
आश्विन १७, २०७२ । मनोज गजुरेल आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अवतारमा मण्डला थिएटरमा देखिए, सिस्नुपानी नेपालको कार्यक्रम, ‘मोदीसँग मनका कुरा’ मा । शुरुवातमा सिस्नुपानीकै हास्यकवि, कलाकारले व्यङ्ग्य प्रस्तुति मार्फत् मोदी बारे घोचपेच गरे । मोदीकै भेष र अनुहार बनाएर देखिएका मनोजले अन्त्यमा मोदीको लवजमा हिन्दीमै मन्तव्य दिएका थिए र उनलाई सोधिएका केही प्रश्नको जवाफ पनि दिएका थिए । उनले दिएको मन्तव्य र केही प्रश्नको जवाफको नेपाली अनुवादमा :
नेपालका मेरा प्यारा भाइ बहिनी, कवि, कलाकार,
म जब पहिलोपटक नेपाल आएको थिएँ, भाइ–भाइको नारा लगाएको थिएँ । अनि नेपाल र नेपालीको माया पाएको थिएँ । दोस्रोपटक जब नेपाल आएको थिएँ, बहुत ताली खाएको थिएँ तर तेस्रोपटक न कसैले काखमा लियो, न कसैले स्वागत गर्यो । यो ‘कमबख्त नाकाबन्दी’ ले पहिलेको मेरो लगानी बर्बाद गरायो ।
मित्र, जब मैले हिजो सुनें कि सिस्नुपानी नेपालले यो कार्यक्रमको आयोजना गरिरहेको छ, उहाँ हिन्दुस्तानमा मैले नाकाबन्दी फिर्ता लिन बाध्य भएँ । कुटनीतिमा भन्दा ज्यादा तागत साहित्यमा हुने रहेछ, यो पुष्टि भयो ।
आज मलाई यहाँ बोलाएर मेरै अघि व्यङ्ग्गझार गरिदिए । त्यसैले म आज हिन्दुस्तानको तर्फबाट माफ माग्न आएको छु । नेपाली जनताले मेरो गैरहाजिरीमा जुन दुख, कष्ट झेले, त्यसको लागि म क्षमा माग्छु ।
भाइ–भाइ सम्बन्ध
मित्र, मैले धेरैपटक भनेको छु, नेपाल र हिन्दुस्तान भाइ–भाइ हुन् । हामी बढे भाइ, तिमी छोटे भाइ, बढे भाइको कुरा मानेनौं भने टाटा बाईबाई ।
मित्र चार प्रकारका हुन्छन् । १. हलो मित्र २. चलो मित्र ३. भलो मित्र र ४. दलो मित्र । हलो मित्र केवल हाई, हेल्लो गर्छ र बाटो लाग्छन् । जस्तो कि नेपाल र अफ्रिकाको सम्बन्ध । जब कोही मित्र भेटिएपछि दारु खान चल्छन्, ती चलो मित्र । तेस्रो भलो मित्र जो केवल मित्रको भलो चाहन्छन् । र, चौथो दलो मित्र, जो दलदलमा राखेर दलेको दल्यै गर्छन् ।
चट् प्रश्न भट् जवाफ
पाकिस्तानी कि चिनियाँ
मेरो चिनियाँसँग धेरै पुरानो सम्बन्ध छ । मैले पहिलो पटक भन्दैछु, जब म बच्चा थिएँ त्यो बेला मेरो पिताजी मलाई बेटा नरेन्द्र, जा दोकान गएर चिनी लिएर आईजा । चिया बनाउनु पर्यो ।
रेखा थापा कि सन्नी लियोनी
स्त्रीका बारेमा मेरो अच्छा विचार रहन्छ । तर यस्तो प्रश्नले मेरो तपस्या त भङ्ग गर्दैन ? म भन्छु, रेखालाई अहिलेसम्म देखेको छैन र सन्नीको फन्नी भिडियो पनि अहिलेसम्म हेरेको छैन । तर जब म हिजो काठमाडौं झरें, एउटा गीत साह्रै मन पर्यो, ‘ढाडे बिल्ली वाली’ । ढाडे बिल्लीका बारेमा भन्न चाहन्छु, पहाडमा पनि बिल्ली, मधेसमा पनि बिल्ली । बिल्ली–बिल्ली जुधाएर दङ्ग पर्छ दिल्ली । जनता चिल्लीबिल्ली, नेता सिल्ली ।
मित्र, हिन्दुस्तान नेपालको सुखदुखमा साथ दिन्छ । जब सप्तकोशीमा बाढी आउँछ, तब हामी सप्तकोशीका सबै ढोका बन्द गरेर सुनसरीमा माछा पोखरी बनाउन सहयोग गर्छौं । जब पानी आउँदैन, तब पुरा ढोका खोलेर बिहारमा लैजान्छौं र सप्तकोशीमा धान सुकाउन ग्राउन्ड बनाई दिन्छौं ।
रोटी–बेटी सम्बन्ध
नेपाल र भारतबीचमा रोटी र बेटीका सम्बन्ध छ । यसको मतलब हो, जब नेपालमा रोटी खाने आटा सीमा नाकाबन्दीले सडिरहेको छ र नेपालका बेटाबेटी भोकले मरिरहेका छन् । यसको मतलब यही हो ।
नाकाबन्दी लगाएको छैन भनेर नौटङ्की किन ?
कुटनीति भनेको जो कुरा भनिन्छ, त्यो व्यवहारमा लागू गरिंदैन । जून गरिन्छ त्यो भनिदैन । त्यसैले यो नाकाबन्दी कुटनीति त भइसकेको छैन, तर लुटनीति र भुटनीति भने अवश्य हो । कुटनीतिमा के–के हुन्छ हेर्नु छ ।
–सुशील पौडेल, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest










































