सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रदीप नेपालको ‘कुञ्जिनीको गामबेंसी’ सार्बजनिक

Nepal Telecom ad

काठमाडौं, १९ असोज । साहित्यकार प्रदीप नेपालद्वारा लिखिति कुञ्जिनीको गामवेंसी नामक पुस्तक सार्बजनिक भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी पोलिटब्युरो सदस्य समेत रहेका नेपालको उक्त पुस्तकको आइतबार बिमोचन गर्नु भयो ।

साहित्यकार नेपालको यो १२ औं यात्रा निबन्ध हो । अध्यक्ष ओलीले पुस्तकको लोकार्पण गर्दै लेखक नेपालको प्रशंसा गर्नु भयो । नेपाल बहुआयामिक व्यक्तित्व भएको भन्दै ओलीले एमाले वर्तमानको अवस्थामा पुग्नुमा नेपालको ठूलो योगदान रहेको बताउनु भयो । ‘प्रदीप नेपालका बिभिन्न ठाउँमा रहेका पैतलाका डाम र पसिनाले यो पार्टी यहाँं आइपुगेको हो’ ओलीले भन्नु भयो ।

पार्टीभित्र कसैले पहिला मोवाइल वा ल्यापटप चलायो भने त्यो प्रदीप नेपाल नै भएको भन्दै नेपालको साहित्यिक कलम देखेर आफूलाई पनि लेखौँ लेखौँ लाग्ने उहाँले बताउनु भयो ।

बिश्लेषक डा.कृष्णहरि बरालले पुस्तकमाथि टिप्पणी गर्दै पुस्तकमा रहेका निबन्धहरूले मेची कालीलाई जोडेको र तिनमा यात्रा पनि र राजनीति पनि रहेको बताउनु भयो । ‘प्रदीप नेपाल राजनीतिमा त हुनुहुन्छ, तर यो पढ्दा अव साहित्यतिर बढी लागेको देखिन्छ’ उहाँले भन्नु भयो ।

साझा बचाउ अभियान अन्तर्गत पुस्तक छापिएको भन्दै लेखक नेपालले सबैलाई पुस्तक किनेर पढी साझालाई बचाउने अभियानमा सहयोग गर्न आग्रह गर्नु भयो । नेपालका अनुसार पुस्तकमा केही साहित्यिक र प्राकृतिक बर्णन छन् । कार्यक्रममा साझा प्रकाशनका महाप्रबन्धक डोलेन्द्र शर्माले साझालाई बचाउन सबैमा आग्रह गर्दै एमाले अध्यक्ष केपी ओलीको बिशेष ध्यानाकर्षण गराउनु भएको थियो ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad