साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को ठूलो ?

Nepal Telecom ad

एक दिन ब्रम्हा र विष्णुका बीच तँ ठूलो कि म ठूलो भनी चर्काचर्की परेछ ।
दुबै जनाले ‘लौ हिंड् महादेवलाई सोध्न’ भनेर गएछन् ।

महादेवले पनि आफ्नो लँगौटी उचालेर दुबैलाई अराउँदै भनेछन्– “लौ एउटा उँधो जाओ, अर्को उँभो । उँधो जानेले टुप्पो र उँभो जानेले फेद पत्ता लगाएर मात्र फर्कनू । जो पहिले फर्कन्छ उहि ठूलो ।”

त्यसपछि विष्णु गरुड चढेर उँधो उडेछन् र ब्रम्हा चाहिं पुष्पक विमान चढेर उँधो लागेछन् ।
बर्षौंपछि दुबै जना पसीना काढ्दै लखतरान् भएर फर्केछन् र महादेवलाई भनेछन्– “प्रभो, हामीले त उँभो–उँधो केही पत्ता लगाउन सकेनौं ।” अनि त्यसपछि महादेवले आफ्नो लँगौटी तल सार्दै भनेछन्– “देख्यौ त, को ठूलो रहेछ ? ल अबदेखि को ठूलो भनेर झगडा नगर्नू । सृष्टिको नियम अनुसार आ–आफ्नो काम गर्नू । लौ जाओ फर्क अब ।”

ब्रम्हा र विष्णु पनि त्यसपछि आपसमा मुखामुख गर्दै आ–आफ्नो घरतिर लागेछन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हराम पाँडे हजुर

हराम पाँडे हजुर

भैरव अर्याल
वेदजात्रा

वेदजात्रा

भैरव अर्याल
साँढे

साँढे

भैरव अर्याल
कन्याकेटी खोज्दा

कन्याकेटी खोज्दा

भैरव अर्याल
आराधना-नैतिकताको

आराधना-नैतिकताको

भैरव अर्याल
0
Would love your thoughts, please comment.x
()
x