साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सन्ध्याको ३५४ औँ शृङ्खला

Nepal Telecom ad

राजधानीमा नियमित सञ्चालन भइरहेको साहित्य सन्ध्याको ३५४ औँ शृङ्खला मङ्सिर ५ गते शनिवार ‘ज्येष्ठ नागरिक र हाम्रो दायित्व’ विषयमा परिचर्चा एवम् कविगोष्ठी गरी सम्पन्न भयो ।

साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न विशेष गोष्ठीमा अतिथिका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, नेपान नामक संस्थाका कार्यकारी प्रमुख फटिक थापा, वरिष्ठ कवि एवम् प्राज्ञ पूर्ण विराम, साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, शब्द संयोजन साहित्यिक मासिकका सम्पादकद्वय शीतल गिरी र सुमी लोहनी, वरिष्ठ कवि कणाद महर्षि, स्रष्टा समाज नेपालका अध्यक्ष अतृप्त पाण्डेय, ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंह, डा.विन्दु शर्मा, डा.फणीन्द्रराज निरौला उपस्थित हुनु हुन्थ्यो ।

गोष्ठीमा नेपानका अध्यक्ष फटिक थापाले ज्येष्ठ नागरिक सम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिलाई अनुमोदन गरि सकेको नेपालले ज्येष्ठ नागरिकलाई खाने, लाउने र बस्ने व्यवस्था गर्नु पर्ने; विकास निर्माणमा सहभागी गराएर उनीहरूको अनुभव ग्रहण गर्नु पर्ने बताउनु भयो । उहाँले ज्येष्ठ नागरिकको सङ्ख्या कुल जनसङ्ख्याको साठी प्रतिशत पुग्ने अनुमान गरिएको हुँदा अब गरिने विकास निर्माण ज्येष्ठ नागरिक मैत्री हुनु पर्ने, स्रष्टाले समेत आफ्ना सिर्जनाका माध्यमबाट ज्येष्ठ नागरिकको सम्मान तथा अधिकारका पक्षमा कलम चलाउन तत्कालैदेखि थाल्नु पर्ने धारणा राख्नु भयो ।

गोष्ठीमा मणिराज सिंह, कमला रिसाल ‘ज्योति’, मुकुन्द न्यौपाने, पूर्ण विराम, अतृप्त पाण्डेय, रमेश पोखरेल, राम विनय, वासुदेव अधिकारी, सुरज सिलवाल, ओमप्रसाद कोइराला, केशवराज निश्चल, भिजन गुरागाईँ, बुद्धिराज पाण्डे, प्रमोद स्नेही, भोलानाथ सुवेदी, प्रेमराज सिलवाल, जी.बी.आचार्य, होमशंकर बास्तोला, जयन्ती स्पन्दन, कणाद महर्षि, रूपक अलङ्कार, जनार्दन अधिकारी ‘धडकन’, मोहनमणि पोखरेल, राममणि ढुङ्गेल, रामदेव पाण्डे, निर्भीक राई, उमेश उपाध्याय, रामबहादुर पहाडी, डम्बरध्वज लिम्बू, रत्ननिधि रेग्मी, तारा के.सी., द्वारिका कुइँकेल, कृष्ण गौतम, पीताम्बर भण्डारी, प्रशान्त खरेल, डम्बर पहाडी, सानु पहाडी र गोपाल बरालले आआफ्ना कविता, गीत, गजल वाचन गरेका थिए ।

वाचित कविता तथा गीत, गजलमाथि समीक्षक डा.विन्दु शर्माले टिप्पणी गर्नु हुँदै ज्येष्ठ नागरिक सम्बन्धी कवितामा उनीहरूको पीडा अभिव्यक्त भएको भए पनि अनुभूतिको पक्ष भने अपेक्षित रूपमा कमजोर देखिएको तर बाहिरी संरचना बढी मुखर भएको बताउनु भयो । उहाँले विम्ब र विपर्यास कविताका शक्ति हुन् भन्ने पक्षमा सचेत हुँदै कवितामा थोरैमा धेरै भन्न सक्ने सामथ्र्य हुनु पर्छ भन्ने विचार व्यक्त गर्नु भयो ।

गोष्ठीको समापन गर्दै अध्यक्ष राम विनयले साहित्य सन्ध्या सामाजिक सांस्कृतिक रूपान्तरणको सशक्त अभियान चलाइ रहेको संस्था भएकाले यसले समग्र प्रगतिशील साहित्यको अध्ययन र उत्थानको पाटोलाई कुनै न कुनै कोणबाट विश्लेषण गर्ने कार्य गर्दछ भन्नु भयो ।
–रमेश पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x