साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाङ्गो यथार्थ

Nepal Telecom ad

“तैंले र तेरी श्रीमतीले लगाउने कट्टुु कहाँको ?” एक गिलास चिरिप्प पारेपछि अस्तित्व पाण्डेले अनायासै यस्तो प्रश्न सोध्यो ।

आज त अति नै गर्यो अस्तित्व पाण्डेले । मेरो सम्म त ठिकै हो । हेप्दाहेप्दै स्वास्नीका कट्टुसम्ममा पुग्यो ऊ । अतिक्रमणको पनि हद हुन्छ ।

झनक्क रिस उठ्यो । जमाएर बजियाका गाला चड्काई दिउँ जस्तो पनि लाग्यो । तर चड्काई हाल्ने आँट भने भएन । यसरी आँट नहुनुको कारण थियो मेरो तुलनामा अस्तित्व पाण्डेको विशाल काया र उसकै सौजन्यमा चल्दै गरेको यो जलपान ।

अस्तित्व पाण्डे र म शिशुकक्षादेखिका सहपाठी हौं र पनि उसको र मेरो देश एउटै हैन । उसको र मेरो नागरिकतामा लेखिएको भाषा फरक छ र पनि हामी दुबै नागरिकताका भाषा मज्जाले पढ्न लेख्न सक्छौं ।

ऊ आफू जन्मेको धर्तिमाथि गर्व गर्छ र म पनि आफ्नै भूगोलमाथि गर्व गर्छु ।
ऊ मलाई दरवान र चौकिदार भनेर चिढ्याउँछ, म उसलाई अङ्ग्रेजहरूको गुलाम भनेर उडाउँछु ।

“तेरो देश कहिल्यै कसैको गुलाम थिएन भन्छस् नि तँ, यथार्थमा तेरो देश कहिल्यै स्वतन्त्र थिएन र अहिलेसम्म पनि छैन ।” यसै भन्ने गर्छ अस्तित्व पाण्डे ।

समय अनुसारको रुप र व्यवसाय फेर्न खप्पिस छ, ऊ । त्यसैले अचेल दशगजामा जोडिएको यताको भूगोलमा सयौं ड्रमहरू राखेर इन्धनको कालो कारोवार गर्छ । अहिले यता गुड्ने सवारीसाधनले फाल्ने धूवाँ जस्तै छ उसको कारोबार । र, पनि उसँगको मेरो घनिष्टता अनुकरणीय मान्छन् छिमेकीहरू ।

“भन यार । छ, तेरो आफ्नो भन्ने केही ? तैंले शिरमा लगाएको यो टोपी छ नि, कहाँको धागोले बुनेको ? तैंले भिर्ने त्यो जनै छ नि कहाँको धागोबाट बनाएको ? तेरी स्वास्नीले लगाउने ब्रेसियर, पेटिकोटको कपडा र अनुहार लिपपोत गर्ने प्रशाधन कहाँबाट आएको ? तैंले लगाउने कोट, पाइन्ट, सर्ट र जुत्ता मोजा कहाँबाट आएको ? तेरो सर्टको बटम र पाइन्टको फस्नर कहाँबाट आएको ? तेरो शरिरमा अहिले जे जति छ नि त्यसबाट आयातित वस्तु उतार्ने हो भने तँसङ्ग के बाँकी रहन्छ ? अनि कहाँ बाँकी रहन्छ तेरो अस्मिता एवम् तैंले भट्ट्याउने गरेको स्वाभिमान ?” अस्तित्व पाण्डेले प्रश्न माथि प्रश्नहरू थपिरह्यो ।

बडो गम्भीर प्रश्न ग¥यो अस्तित्व पाण्डेले आज । मसँग उसलाई दिन मिल्ने कुनै जवाफ थिएन ।

ट्वाइलेट जान्छु भन्दै खाँदाखाँदैको आधा गिलास त्यत्तिकै छोडेर म चुपचाप बाहिर निस्केँ । सरासर घरमा आएँ । बाथरुममा पसें र ठूलो ऐनाको अगाडि उभिएर शरिरमा रहेका आयातित वस्त्र एक एक गरेर खोल्दै गएँ ।

हो ठिकै त भन्दै रहेछ, अस्तित्व पाण्डे । सर्वाङ् नाङ्गो थिएँ म र वाथरुमको पूर्ण कदको ऐना कुरीकुरी गरेर मेरो आबरुलाई जिस्क्याइरहेको थियो ।

मैले गम्भिरतापूर्वक वरिपरि हेरेँ । मेरो कथित घरका कुनै पनि वस्तु आफ्ना थिएनन् । अरु त अरु मलाई मेरो नाग्नता देखाई दिने त्यो ऐना पनि मेरो आफ्नो थिएन ।

यथार्थबोध गराइ दियो अस्तित्व पाण्डेले, आज । यथार्थमा सर्वाङ्ग नाङ्गो रहेछु म र म जस्तै रहेछ मेरो देश पनि ।

बुटवल

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x