साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अघोषित, अनाम र परम्परागत परिणाम

Nepal Telecom ad

नेपालको शासन प्रशासनमा अघोषित र अनाम नयाँ विशेषण होइनन् । यसको यहाँ अघोषित परम्परा नै बनिसकेको यथार्थ जगजाहेर छ । ०७ सालदेखि हालसालसम्म नेपालका सत्तासीनहरूको भारतेली सत्तासीनहरूसँग अघोषित विशेप सम्बन्ध रहिआएको सुनिएकै हो । यसले बेला बेला अघोषित समस्याहरू पस्कँदै आएको पनि सुनिएको हो । नेपालमा संस्थागत सत्तासंस्कृति बनिआएको भ्रष्टाचार पनि अहिलेसम्म अघोषित नै छ । यहाँ कुनै मन्त्री प्रधानमन्त्री सचिव हाकिम नेता उपनेता सहनेता निमित्तनेता लगायत जस कसैले पनि घोषित भ्रष्टाचार गरेका छैनन् । यहाँ भ्रष्टाचार जति गरिका छन् सवै अघोषित नै गरिएका छन् ।

यहाँ सत्ताका गौंडा गल्छेडामा बसेका जसकसैले पनि घुस लिंदा कमिसन लिंदा अघोषित नै लिन्छन् । एक पटक एक जना दाह्रीवाल अर्थमन्त्रीले अघोषित कमिसनको प्रचलन हामीजस्ता आर्थिक गांैंडामा बसेर काम गर्ने जिम्मेवार व्यक्तिका लागि स्वाभाविक अधिकार हो भन्ने तर्क राखेको चर्चा चलेको थियो । पछि त्यो चर्चा क्रमशं अघोषित रुपमै हरायो । नेपालमा राम्रोसित चलेका छालाजुत्ता, कागत, धागो, कपडा लगायतका उद्योगहरूलाई प्राइभेटाइजेसनको पसलमा पु¥याएर बिक्री वितरण गर्ने नीति त दाह्रीवाल अथर््ाविज्ञ र अग्ला प्रधानमन्त्रीबीच सल्लाह भएरै प्रयोगमा आएको सुनिएको हो । यिनीहरूले त्यसबाट कमिसन कति हात पारे त्यो पक्ष भने पूर्णतः अघोषित नै रह्यो । धमिजाकाण्डदेखि लिएर हालका धर्मनिरपेक्षता तथा संघीयतासम्म जे जति काण्डहरू घटित भएका छन् घोषित रुपमा भएका छैनन् । जनतालाई पर्याप्त जानकारी दिएर भएका छैनन् । यिनका पछाडिका उपहार कमिसन भेटी बेठ बेगार के कति छन् अथवा छैनन्, सबै अघोषित नै छन् । कतै क्षेत्रीय र कतै जातीय विद्वेष र विखण्डनका चिन्तन अभियानका पछाडि कसले कसरी अर्थनिवेश गरेको छ र कुन कुन अभियन्ताले कति कति हात पारेका छन् अथवा छैनन् त्यो पनि घोषित छैन । यहाँ जनजीविनका विभिन्न क्षेत्रमा प्वाल पारेर विद्वेष, विखण्डन र विघटनका कीटाणुहरू भित्य्राउने आन्दोलन र अभियानहरू अघोषित प्रायोजन र अथर््निवेशमै चलिआएका छन् भनिन्छ । विवरण अघोषित नै छन्् ।

हामीकहाँ विगत अढाइ दशकबाट अघोषितको भयंकर घनचक्कर चलिआएको छ । युद्धस्तरमा चलिआएको छ । जनप्रतिनिधिहरूको क्रय विक्रय, मानव बेचविखन, बालबालिका र महिलाको ओसारपसार बिक्री, हिंसा, बलात्कार र यस लहरका सबै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका आर्थिक व्यापारिक कारोवारहरू अघोषित चलिरहेका सुनिन्छन् । एमालेका सांसद गोल्छा, माओवादीका लारक्याल कांग्रेसका अमुक अमुक लागायत धेरै असान्दर्भिक सांसदहरू पार्टी तथा व्यक्तिका करकमलमा कति कति टक््रयाएर उदाउन पाए यी सवै तथ्यहरू अघोषित नै छन् । हरेक राजनीतिक दलमा डनहरू क्रियाशील छन् भनिन्छ । कुन कुन राजनीतिक दलमा सक्रिय डन कति छन्, ती को को हुन्, तिनीहरूले हफ्ताबारी महिनाबारी कति कति कमाउँछन्, दललाई कति दिन्छन् आफू कति राख्छन् यी क्रियाकलाप र गतिविधिहरू पनि अद्यावधि , अघोषित नै छन् । उदित र उदीयमान डनमध्ये कसले कुन दलबाट माननीय सांसद वा मन्त्री बन्ने बरदान पाउँछ, कसरी पाउँछ यी सवै कारोवारका कथा पनि अघोषित नै रहेका पाइन्छन् । बेला बेला प्रधानमन्त्री र गृहमन्त्रीका माध्यमबाट स्वास्थ्योपचार खर्चका नाममा राष्ट्रिय ढुकुटीको लाखौं कराडौं रुपया बाँडिने गरेको सुनिन्छ । त्यो त्यस्तो सहायता दिनेले कुन आधारमा दिएका छन् र लिने,पाउने व्यक्ति किन त्यतिसम्मको दीन हीन गरीब निमुखा भिक्षाजीवी बनेर हात थाप्न वाध्य बनेको छ यी दुवै विवरणहरू अघोषित नै रहने गरेका पाइन्छन् । राष्टिय ढुकुटी खर्चिनुको आधार पनि अघोषित रहनु चानचुने विकासको प्रतिमान होइन ।

यसै त हामीकहाँ चोरहरू पनि घोषित चोरी गर्दैनन् । हत्याराहरू घोषित हत्या गर्दैनन् । बलात्कारीहरू घोषित बलात्कार गर्दैनन् । कति चालकहरू अघोषित मद्यपान गरेर गाडी चलाउँछन् । अघोषित दुर्घटना घटाइदिन्छन् । कति यात्रुहरूको अघोषित मृत्यु भइदिन्छ । हामीकहाँ कालाबाजारी व्यापक छ, तर त्यो पनि अघोषित नै छ । पन्चायत कालदेखि हालसालससम्म लाखौं लाख विदेशीलाई अघोषित रुपमै वंशजको नागरिकता विक्री वितरण गरिएको चर्चा चुलिएको छ । भनिन्छ त्यसरी अघोषित नागरिकता लिनेहरू मन्त्री पनि भएका छन् । जागीर त कतिले खाए, कति खाँदैछन् त्यो खोजीको विषय बनेकै छैन । नक्कली नोट, नक्कली प्रमाण पत्र बेचबिखन गर्ने व्यक्ति कतै कोही पक्राउ परेका समाचार पढ्न सुन्न पाइन्छ । त्यो पनि तिनीहरूको घोषित कारोबार भएजस्तो लाग्दैन ।

कहिले त लाग्छ मुलुकमा अघोषित क्रियाकलापको भुमरी भुमरिएको छ । यहाँ जे छ अघोषित छ । हालै यही दशैं तिहारका सन्दर्भमा ग्यास पाउने आशााले कारखाना तथा डिपोअगाडि हप्तौंसम्म रित्ता सिलिण्डर लाइन लाएर प्रतीक्षा गरिरहेका जनतालाई बालाजुमा प्रहरीले पटक पटक निर्मम लाठीचार्ज गरेको देखियो । यसरी गरिएका लाठीचार्ज कुनै पनि घोषित थिएनन् ।

विगत झण्डै दुई महिनादेखि छिमेकी र रोटी बेटी सम्बन्धको महान् मित्रराष्ट भारतले भारत परिवेष्ठित नेपालमाथि युद्धस्तरको नाकाबन्दी चलाइआएको छ । गौरवको कुरा यो नाकाबन्दी पनि बिलकुल अघोषित छ । नेपाल र नेपालीलाई गर्नुसम्म माया गरिआएको भारतजस्तो अध्यात्मप्रधान मुलुकले नरेन्द्र भाइ मोदीजस्ता ऋषिमनका योगी व्यक्तित्व प्रधानमन्त्री क्रियाशील रहेका स्वर्णिम समय खण्डमा अघोषित नाकाबन्दी नगरे के गर्ने ? घोषित गर्ने ? घोषित त गर्नै पनि मिल्दैन । घोषित नाकाबन्दीको छिट्टै उपचार हुनसक्छ । त्यसभन्दा पनि घोषित नाकाबन्दी गर्दा नेपालका सत्तासीन पतिव्रताधर्मी नेता र हाकिम व्यक्तित्वहरूलाई शव्द उच्चरणको कठिनतम सम्स्या पर्न सक्छ । धर्मवीरहरूले परम्परापोषित खूद आफ्नै मुखबाट भारतको नाम लिएर नाकाबन्दीजस्तो कठोर र कठिन शव्द कसरी उच्चारण गर्ने ? जिभ्रो लटपटिएर ध्वनि योको त्यो भइदियो भने भोलि भारतलाई कसरी त्यो मुख देखाउने ? समस्या चानचुने छैन । रोटीबेटी, शिक्षा स्वास्थ्य कृपाकटाक्षका तमाम आशाआकांक्षामा तुषारापात हुनसक्ने सम्भावनाको समस्या चानचुने त हुनै सक्दैन । यसै भएर अहिलेसम्म नेपाल सरकारका माननीय मन्त्री सांसद सचिव कसैले पनि सम्बन्धित कुनै पनि अन्तर्राष्टिय निकायसमक्ष उभिएर छिमेकी मुलुक भारतले भूपरिवेष्ठित मुलुक नेपालमाथि अनधिकार नाकाबन्दी ग¥यो भनेको छैैन । भन्नसकेको छैन । बरु ग्यास माग्ने जनतामाथि निर्धक्कसँग अघोषित लाठीप्रहार गर्नसकेको छ । आफ्ना हितचिन्तक जनतामाथि अघोषित लाठीप्रहार गर्न सजिलो छ । भारतले अघोषित नाकाबन्दी गर्यो भन्न सजिलो छैन । अघोषित नाकाबन्दीसँग जोडेर भारतको नाम उच्चारण गर्न त झन् कसरी सकिनु ? सकिने कुरै देखिएन । आज नेपाल सरकारमा रहेकाहरूको मर्मको कुरा हो यो । सत्तासीन ठुलाबडाको मर्मवोध गर्ने क्षमता नभएका हामी र्सासाधारण जनताले बुझ्न सकिने कुरा यो होइन ।

हामीले कथा पुराण सुनेका आधारमा कति मात्र बुझ्न सकेका छौं भने पतिव्रता धर्ममा रहेकाहरू जतिसुकै कठिनाइ र पीडाका सन्दर्भमा पनि आफ्ना पतिपरमेश्वरको नाम उच्चरण गर्दैनन् । पतिपरमेश्वरले दिएका पीडालाई पनि सौभाग्यको वरदान ठान्छन् । सेवा, तितीक्षा र अद्वैतता उनीहरूको स्वभाव बनिसकेको हुन्छ । उदाहरणका लागि यस्तै सन्दर्भको एउटा सम्भावित सम्वादलाई लिउँ—
पुर्पुरोमा फुरौलाजत्रो टुटिलो देखेर कसैलाई कसैले सोेध्यो, “तपाइँलाई कसले कुट्यो हँ, जलजलाउँदो टुटिलो छ त !” ।
“होइन, यो कसैले होइन, केही होइन, उठ्यो, यो यस्तै हो ।”
“दुख्या छैन ?”
“छ, तर तर…”
“के तर ? कसले कुट्यो ? भन्नुस् न ।”
“नाम छैन, नाम भन्न मिल्दैन । नाम भन्दा धर्म जान्छ । अनि कुटेकै पनि कसरी भन्ने ? अँ टुटिलो चाहिँ उठ्यो । वहाँका हातको लट्ठी र मेरो आँखामाथि पुर्पुरोको अनायास भेट भएछ । यो घोषित होइन । यो फुरौलो पनि घोषित होइन । सवै अघोषित हो । तपाइँसँग अघोषित कुनै औषधि छ र ? हुन त औषधि पनि कसरी लाउनु ? औषधि लाएपछि सवै घटना घोषित भयो भने के गर्ने ? भै गो, यो कुरा यसरी नगरुँ । बरु एउटा श्लोक भनूँ—
(लय हालेर)
धीरा भै रहनू, विपत्ति सहनू कस्तै परोस् तापनि
कहिल्यै मोह विषे नपर्नु जनले संसार झुटो भनी ।

मैले सानैमा रामायणमा पढेको श्लोक हो यो । कुरा गरेपछि कुरैको सास्ती । कसैले बुझेर केही गरिदिन्छ भने त्यो उसको कुरा हो । म तोकेर केही भन्दिन । मरिगए पनि भन्दिनँ ।”

भन्नुहोस् यस्ता अघोषितहरूको अघोषित र अनाम अभियानमा घोषित र नामधारी कसले के गर्ने ?

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x