साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्ती कविगोष्ठीको ३७ औँ शृङ्खला

Nepal Telecom ad

काठमाडौं, २०७२ मङ्सिर १२ । गोङ्गबु स्थित प्रहरी सामुदायिक हलमा घुम्ती कविगोष्ठीको ३७ औँ शृङ्खला सम्पन्न भएको छ ।

पूर्व साहायक रथी तेजप्रकाश बानियाँको सभापतित्वमा सम्पन्न यस गोष्ठीमा प्रमुख अतिथि गजलकार रामबहादुर पहाडी, विशेष अतिथि श्रीहरि फुयाल, अतिथि प्रा. डा. गार्गी शर्मा, मदनराज थापा, भाग्यशाली अधिकारी तथा गङ्गा कर्माचार्य पौडेल रहनुभएको थियो ।

कवयित्री द्वारिका कुइँकेलको संयोजनमा आयोजित गोष्ठीमा उदास कार्की, तारा केसी, सङ्गीता श्रेष्ठ, मञ्जुश्री प्रधान, रामकुमार पण्डित क्षेत्री, डा. सत्यराज थपलिया, जनार्दन अधिकारी, राधादेवी पाण्डे, रामचन्द्र दाहाल, परशुराम पराशर, डिल्लीप्रसाद मूलतिहुन, बालमुकुन्द कार्की, सुमन राणा, उद्दिप पाण्डे, उत्तम भेटवाल, सीता बिस्ट कार्की, चन्द्रा न्यौपाने, ओमप्रसाद कोइराला, द्वारिका कुइँकेल, उमेश पाण्डे, शशी थापा पण्डित, भगवती पौडेल, अच्युत घिमिरे, सभ्यता न्यौपानेलगायत अतिथिहरू समेत गरी ३० जना कविकवयित्रीहरूले समसामयिक कविता, गजल, मुक्तक वाचन गर्नुभएको थियो ।

गोष्ठीमा वाचित रचनाहरूको समीक्षा घुम्ती कविगोष्ठीका सचिव परशुराम पराशर र श्रीहरि फुयालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन द्वारिका कुइँकेलले गर्नु भएको थियो । अतिथिहरूले घुम्ती कविगोष्ठीको सराहना गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो । सञ्चालकले नै स्वागत् गर्नुभएको यस कार्यक्रममा गोष्ठीका अध्यक्ष बालमुकुन्द कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

–पर्शुराम परासर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x