सुलसुलेबोस्टनमा ३२औ सिर्जना उत्सव
बोस्टन, अमेरिका । बोस्टनको साहित्यिक मासिक शृंखला सिर्जना उत्सवको ३२औँ शृंखला आइतबार साँझ सम्पन्न भएको छ । बिगत तीन वर्षदेखि नियमित रुपमा आयोजना हुदैँ आएको उक्त कार्यक्रममा बिभिन्न सर्जकहरूले कविता, गीत र गजÞल वाचन गरेका थिए ।
ममता कर्माचार्यको संयोजन तथा महेश्वर पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उत्तम नेपाली, हरि थापा, दिनेश राजभण्डारी, गोवर्धन पूजा, दीपा राई पुन, अनु शाह, महेश्वर पन्त, ममता कर्माचार्य, लालबहादुर ऐर, ज्ञानप्रकाश शर्मा, सुद्देम कर्माचार्य, सवीना डंगोल, सुबंधा कर्माचार्य, आँशुलक्ष्मी राजभण्डारी, बाबा कर्माचार्यलगायतले सहभागिता जनाए ।
कार्यक्रममा सुरेन्द्र देवकोटा र उर्मिला पन्तको सिर्जना पनि बाचन गरिएको थियो । कार्यक्रमलाई रेडियो हिमालयबाट प्रत्यक्ष प्रशारण आरम्भ गरिएको उक्त कार्यक्रम आगामी महिनादेखि नियमित हुने रेडियो हिमालयका प्रवन्धक बुद्धि विश्वकर्माले बताए ।
Subscribe
Login
0 Comments
Oldest











































