साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही होलाजस्तो छ !

Nepal Telecom ad

राजेन्द्र पनि यसपालि हाँसे । हुन त उनी पहिले पहिले पनि नहाँस्ने त होइनन् तर मन्त्री भएका बेला मात्रै । अरू बेला उनी पटक्कै हाँस्दैनथे । यसपालि मन्त्री नभएकै बेला पनि राजेन्द्र हाँसे । अबचाहिँ देशमा केही होलाजस्तो छ ।

ऊ बेला मन्त्री पद हिँडेपछि तराईतिर हिँडेका राजेन्द्र उतै अड्डा जमाएर आन्दोलनमा लागेका हुन् । त्यहाँदेखि पूरै अस्ताएको उनको हाँसो यसपालि दिल्लीबाट फर्केर काठमाडौँ पसेर बालुवाटार छिरेपछि अचानक उदायो । राजेन्द्रजी हाँस्नु मात्रै पनि यो देशका लागि ठूलो योगदान हुन सक्छ भनेर जानिफकारहरू बताउँछन् ।

उनी लामो समयदेखि गम्भीर मुद्रामा कहिले रक्सौल, कहिले नेपालगन्ज, कहिले भैरहवा त कहिले जोगबनी नाकामा पलेँटी कस्थे र धर्नामा बस्थे । उनी काठमाडौँलाई रौँ बराबर पनि गन्दैनथे, पहाडतिर फर्केर पनि हेर्दैनथे । त्यसमा पनि केपी ओलीजी प्रधानमन्त्री भएपछि त उनी पूरै गर्धन फुलाएर तल्लापट्टि फर्केर बसेका थिए । ओलीसँग यिनको सम्बन्ध आँखो र खुर्सानी भनेजस्तै थियो । यिनीहरूबीच भनाभन भएपछि ओलीले माफी नमागेसम्म नबोल्ने कसमै खाएका थिए राजेन्द्रले । आखिर यिनी दुनियाँलाई हँसाउने प्रधानमन्त्री ओलीका फेला परी छाडे ।

विगत चार महिनामा राजेन्द्रले मुलुकका लागि ठूलो योगदान गरे । उनले मधेस आन्दोलनमा मुख्य भूमिका खेले । जनतालाई संघर्षमा उतारे । संघर्षमा सहिद हुनेलाई सरकारले दिनेभन्दा पाँच गुना बढी रकम दिउँला भनेर थुप्रै युवाहरूको रगत उमालेर मधेस आन्दोलनमा होम्न सफल भए । सिंगै मुलुकलाई नाकाबन्दीमा पारेर सरकार र जनताका आँखा उघारिदिए । मन्त्रीहरूलाई, विभिन्न दलका नेतालाई कहिले कता कहिले कता दौडाए । हस्याङ र फस्याङ पारिदिए । प्रधानमन्त्री र मन्त्रीहरूलाई संसारैभरि हारगुहार गर्दै दगुर्न बाध्य बनाए । राजेन्द्रजी एक्लै यताको नाका खुकुलो हुँदा यतै पुगेर उताको नाका खुकुलो हुँदा उतै कुदेर पलेँटी बसेर नाका कसेर सरकारलाई, जनतालाई, व्यापारीलाई सबैलाई आच्छु आच्छु पार्न सफल भए । मुलुकमा नयाँ परिवर्तनको तरंग ल्याए । देशलाई आत्मनिर्भरताको बाटोमा लाग्न प्रेरणा दिए । सरकारलाई दाउरा चिराए । झोलीतुम्बी भिराए । काठमाडौँदेखि दिल्ली, बेइजिङदेखि वासिङ्टनसम्मै उनको प्रभाव विस्तार भयो ।

राजेन्द्रजीको यही प्रभावबाट आत्तिएर त्यसलाई निस्तेज पार्न सरकारले उनका विरुद्ध षड्यन्त्र र्गयो । उनको टाउकामै लठ्ठी बर्जायो । जोगबनीमा उनलाई टाउकामा हानेपछि नै उनको त्यो जुझारूपनमा शिथिलता आयो । उनको मस्तिष्क उल्टो चल्न थाल्यो । नाकामा घाइते भएपछि कार्यकर्ताहरूले उतै जोगबनीतिर उपचार गर्न लान खोज्दा उनी मानेनन् । विराटनगर आएर उपचार गरे ।

महिनौँदेखि भात खान पनि रक्सौल जाने गरेका उनी विराटनगरबाट कार्यकर्ताले दिल्ली जाउँ भन्दा नमानेर अझै उत्तरतिर लागे, धरान अस्पताल भर्ना भए । त्यहीँबाट थाहा भयो, उनी बदलिए । सरकारको षड्यन्त्र सफल भयो । हुँदा हुँदा एक वर्षदेखि बोलचालै बन्द गरेर बसेका सबैभन्दा ठूला शत्रु एमालेका अध्यक्ष अनि प्रधानमन्त्री ओलीसँग उनी आफैँ अग्रसर भएर वार्ता गर्न पुगे । केपीजी र राजेन्द्रजीबीच हाँसी हाँसी घन्टौँ गफ भएको देख्नेहरू भन्दैछन्, देशमा अब केही नयाँ हुन्छ । अर्थोक केही नभए पनि सरकारमा थप केही उपप्रधानमन्त्रीहरूको जन्म त हुन्छ, हुन्छ । राजेन्द्रजीको हाँसोले यही भन्छ ।

नेपाल, माघ १४, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x