सुलसुलेतेस्रो बृहत् पुस्तक प्रदर्शनी
केही समय यताबाट बढ्दो लोडसेडिङ एवम् नाकाबन्दीले अवाक भएका पाठकहरूका लागि बजारमा आएका नयाँ पुराना साहित्य कृतिहरू पुर्याउने उदेश्य सहित डिकुरा पब्लिकेसनले यही २१ माघबाट २ फागुनसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘तेस्रो बृहत् पुस्तक प्रदर्शनी –२०७२’ आयोजना गर्ने भएको छ । ‘पढौं र पुस्तक संस्कृतिको विकाश गरौं’ भन्ने मूल नाराका साथ सुरु गर्न लागिएको सो प्रदर्शनी उपप्रधान, गरिबी निवारण तथा सहकारी विकास मन्त्री चित्र बहादुर केसीले उद्घाटन गर्नेछन्् ।
११ दिनसम्म चल्ने यो प्रदर्शनीमा ७५ हजार अवलोकनकर्ताहरू भित्र्याउने लक्ष्य आयोजक संस्थाको रहेको छ । प्रदर्शनीमा एक सयभन्दा बढी प्रकाशकहरूका दशौं हजार पुस्तकहरू रहने छन् । यस प्रदर्शनीमा नेपालीका साथै अंग्रेजी तथा हिन्दी भाषाका नयाँ र सङ्कलन योग्य क्लासिकल पुस्तकहरू समेत रहने छन् । प्रदर्शनीमा १५ देखि ४० प्रतिशत छुटमा पुस्तकहरू उपलब्ध गराइने छन् । प्रत्येक दिन लेखक साक्षात्कार कार्यक्रम समेत गरिने छ । यस्तै प्रदर्शनीमा लेखक, साहित्यकार, कलाकार, राजनीतिकर्मी, राजदूत, बैंकर, प्रशासक, शिक्षाविद्, समाजसेवी, आमसञ्चारकर्मी, आध्यात्मिक व्यक्तित्व र विविध पेशाकर्मीहरूको विशेष उपस्थिति गराइने छ ।
विभिन्न साहित्यिक संघ संस्थाहरू, पुस्तक प्रकाशन संस्थाहरू, पुस्तक प्रेमी पाठकहरू तथा नयाँ र पुराना पुस्ताका लेखकहरूलाई एउटै थलोमा जम्मा गराउनु प्रदर्शनीको उदेश्य हो । पुस्तक प्रदर्शनी संयोजक एवम् साहित्यकार पुण्यप्रसाद प्रसाईका अनुसार यो प्रदर्शनीमा पाठकको रुचिलाई ध्यानमा राख्दै विभिन्न उमेर समुहका पाठकका रुचिका पुस्तकहरू पनि पाइने छन् । निजि तथा सामुदायिक पुस्तकालयका निम्ति एकमुष्ट पुस्तक किन्नेहरूका लागि सबै प्रकारका पुस्तक एकै थलोमा पाइने र विशेष छुटको व्यवस्था गरिने छ ।
Subscribe
Login
0 Comments
Oldest












































