साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किशोरको ‘एक हरफ जिन्दगी’ विमोचन

Nepal Telecom ad

कवि तथा गीतकार किशोर घिमिरेले रचना गरेका आधुनिक गीतहरूको एल्बम ‘बहुमूल्य मधुर सम्झना’ तथा कविता सङ्ग्रह ‘एक हरफ जिन्दगी’ काठमाडौंमा विमोचन भएको छ ।

रूसी सांसकृतिक केन्द्रमा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ, कवि रत्नशमसेर थापा, चलचित्रकर्मी यादव खरेल तथा गीतकार एवं कवि दिनेश अधिकारीले संयुक्त रूपमा एल्बम र सङ्ग्रह विमोचन गरिएको हो ।

‘एक हरफ जिन्दगी’मा कुल ६६ वटा कविता समावेश गरिएका छन् भने बहुमूल्य मधुर सम्झना नामक एल्बममा छ वटा गीत राखिएका छन् । एल्बमका गीतहरूमा अनिल सिंहको स्वर तथा सङ्गीत रहेको छ । कार्यक्रममा युवा कवि घिमिरेलाई आशिर्वाद तथा शुभकामना दिँदै कवि दिनेश अधिकारीले कविता र गीतको क्षेत्रमा किशोर अगाडि बढ्दै जानु पर्ने बताए । चलचित्रकर्मी यादव खरेलले किशोरको पारिवारिक पृष्ठभूमि नै काव्यात्मक भएकोले उनले बाँसको झ्याङ्गमा उत्कृष्ट बाँस भएर उभिनु पर्ने सुझाव दिए ।
प्रस्तुतिः अरुण नदी खत्री

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x