सुलसुलेपुरस्कारको घोषणा
चेतना संरक्षण प्रतिष्ठान नेपालले यो वर्षदेखि वितरण गर्ने गरी यसै वर्ष स्थापित पुरस्कारहरू विभिन्न व्यक्तिलाई प्रदान गर्ने निर्णय गरेको छ । ‘धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार’ बाट ‘साहित्यकार रमेश नेपाली (मोरङ), ‘नरेश सुवेदी पत्रकारिता चेतना पुरस्कार’ बाट अग्रज पत्रकार रोचक घिमिरे (काठमाडौं), श्री ‘भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार’ बाट दुर्गा बराल ‘वात्सायन’ (पोखरा), ‘समाजसेवा चेतना पुरस्कार’ श्रीमति सरला कायस्थ (सुनसरी)लाई प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको छ ।
त्यस्तै ‘बालकिशन–नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्मसंस्कृति चेतना पुरस्कार’ बाट डा. चिन्तामणि योगी (काठमाडौं)लाई समर्पण गर्ने निर्णय भएको छ ।
घोषित सबै पुरस्कार जनही ५१ हजार रुपैयाँ र ताम्रपत्र रहेको विगतमा सम्मानमात्रै प्रदान गरिदै आएकोमा यो वर्षदेखि पुरस्कारका रुपमा नगदसमेत प्रदान गरिनेछ । विराटनगरमा विशेष समारोहको आयोजना गरेर पुरस्कार समर्पण गरिने छ । सो अवसरमा विभिन्न स्रष्टाका कृतिहरू विमोचन गरिने कार्यक्रम रहेको जानकारी प्रतिष्ठानका अध्यक्ष गंगा सुवेदीले एक विज्ञप्ति मार्फत दिएका छन् ।
Subscribe
Login
0 Comments
Oldest












































