शेषमणि आचार्यहाइकुको बथान– ४
१. पुगियो
दुनो सोझियो
पुग्न पनि पुगियो
किन चाहियो ?
२. बारम्बार
किन जपेको
बारम्बार एउटै
झूठको खेती ।
३. माग्ने
माग्ने पेटीमा
उसकै उठिवास
घाँटीमा गाँस ।
४. छाया
आफ्नै छायाले
आफैलाई झुक्यायो
कहिले काहीँ ।
५. फरक
सपना फुल्छ,
विपना झर्न सक्छ
फरक यही ।
६.रात
अहिले रात
दिनलाई मिच्दैछ
दशगजामा ।
कास्की
Subscribe
Login
0 Comments
Oldest





































