साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कतारबाट हतार हतार

Nepal Telecom ad

सिस्नुपानी नेपालको टोली अहिले खाडी मुलुकहरूमा ‘दुुई थोपा हाँसो’ शीर्षकको कार्यक्रम लिएर छक्क पर्दै घुमिरहेको छ । छक्क किनभने सडकमा माटो, ढुुंगा, बालुवा, रोडा थुपारेको कहीँकतै देख्न पाइएन । धूलो, धूवाँ र दुर्गन्ध सेवन गर्न पनि पाइएन । हामी काठमाडौँवासीलाई दुबई, आवुधावी र शारजहाँका चिल्ला सडकमा सय–डेढ सय प्रतिघन्टाका दरले गाडीमा दौडिँदा काठमाडौँको नियास्रोले सताउनुसम्म सतायो । सडकमा कतै इँटा उक्किएका, खाल्डा परेका, पानी जमेका, फोहोर थुप्रिएका, साँढे बसेका, कुकुर लठारिएका देख्न पनि पाइएन । त्यहाँको सरसफाइ, चिल्ला भवन र सडक देखेर डाहले छटपटिएको यो मनलाई कताकति सडकका मोडमा, कुनाकानीमा हाम्रा छिमेकी दाजुुभाइले पान खाएर प्याच्च प्याच्च थुकेर बनेका राता टाटा देख्न पाउँदा अलिअलि सान्त्वना प्राप्त भयो ।

दुबईमा आन्दोलन, ढुुंगामुढा, टायर, बन्द, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, धर्ना, नाकाबन्दी, आगजनी, अनशन केही हुँदैनन् रे ! यस्तो नीरस ठाउँमा कसरी टिकेका छन् यी हजारौँ हजार नेपाली श्रमिक र उद्यमी ! बाहिर खुलेर राजनीति गर्न नपाइने त्यहाँ धन्य के के जाति समाज र समितिहरू बनाएर, त्यहीँभित्र चुनाव–सुनाव गरेर बाँचेका रहेछन् उनीहरू । गाउँ समाज, टोल समाज, बडा समाज, जात समाज, थर समाज, पार्टी कमिटी, गुट कमिटीमा सहभागी भएर स्वदेशको न्यास्रो मेटेर बसेका रहेछन् ।

ट्राफिक प्रहरी कस्ता हुन्छन् होला भनेर हामीले चोकहरूमा खुब नियालेर र्हेयौँ । दुुई साता बसेर सयौँ किलोमिटरको यात्रा तय गर्दा पनि एक जना ट्राफिक प्रहरी कतै सडकमा देख्न पाइएन । ट्राफिक प्रहरीको जागिर एकदमै नीरस रहेछ । सबै स्वचालित । हाम्रामा जस्तो सडकमा लस्कर लागेर सवारी साधन छेकेर चेकजाँच गर्न पाउँदा रहेनछन् प्रहरीले । बाटोबाटोमा लाइसेन्स खोसेर फूर्ति देखाउन पनि पाउँदा रहेनछन् । चेकजाँचका क्रममा भाग्न खोज्ने मोटरसाइकलका पछाडि झुन्डिएर प्रहरीले तानेका दृश्य देख्न त कहाँ पाउनू !

हाम्रा लागि रमिता हेर्न लायक खासै केही देखिएन । बरू डाहा लाग्ने कुरा मात्रै धेरै देखिए । न रुख छ, न खोलो छ, न पहाड छ, न खेती छ, न फलफूल छ, न साग, न पात, न अन्न । चारैतिर बालुवा छ । तैपनि, यी बालुवावासी खाडीवालाहरूले बालुवामाथि कृत्रिम स्वर्ग उभ्याएर संसारभरिबाट पर्यटक भित्र्याएर पैसा बटुल्दा रहेछन् । त्यहाँका सडक, गगनचुम्बी टावरहरू, सरसफाइ, नियम–कानुनको पालना, पर्यटकको ओइरो हेर्दा हेर्दै हामीलाई त भाउन्न होला जस्तो भयो । छिटोछिटो यात्रा सकेर हामी कतारतिर लाग्यौँ ।

बरू, कतारमा आइपुुगेपछि मन अलिक शान्त भयो । ट्राफिक जाम, अलिक फोहोर मैला, अलिअलि भत्केका, टालेका सडकहरू देख्न पाइयो । केही साँघुरा गल्ली पनि हेर्न पाइयो । अलिक सन्चो भएको मनलाई चस्स दुखाउँदै यहाँका साथीहरू भन्दैछन्, यी गल्ली र पुराना घरहरू भत्काएर केही वर्ष्भित्रैमा यहाँ पनि नयाँ सहर बसाउने योजना छ । यो योजना हाम्रो मेलम्चीजस्तो, पूर्वपश्चिम रेलमार्गजस्तो, निजगढ विमास्थलजस्तो कागजमै बसेको बसै गर्ने योजना होइन, भनेकै समयमा भनेकै जसरी सम्पन्न हुन्छ । उनीहरूका कुुरा सुुनेर फेरि बेचैनी बढ्यो । बस्नै मन लागेन । हामी हतार हतार कतारका कार्यक्रम सकेर स्वदेश फर्कियौँ ।

नेपाल, माघ २०, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x