साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झरनाको १९८ औँ शृङ्खला

Nepal Telecom ad

झरना साहित्यिक परिवारले आफ्नो १९८ औं साहित्य शृङ्खलाका रुपमा आज छतिवनस्थित महेन्द्र उमाविमा स्थलगत रचना लेखन कार्यक्रम सम्पन्न गरेको छ ।

कवितातर्फ १८ र गजलतर्फ १० जनाको सहभागिता रहेकोमा कवितातर्फ अनिता फुयाँल, रूपा स्याङ्बो र बलराम थापा तथा गजलतर्फ सङ्गीता सुवेदी, सेराप गोले र विजय दोङ उत्कृष्ट भएका छन् । उत्कृष्टहरूलाई आउँदो फागुनमा हुने झरनाको २३ औं वार्षिक कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ ।

झरनाका निवर्तमान अध्यक्ष उद्धब सापकोटाको प्रमुख आतिथ्यता तथा चन्द्र कुमार राईको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा परशुराम गौतम, विश्वनाथ सञ्जेल, गायत्री रूपाखेती नीलहरि ढुङ्गेल, चेतनाथ शर्मा, सत्यवती गौतम लगायतले मन्तव्य तथा रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सभाध्यक्षता संस्था अध्यक्ष दीपक गौतमले गरेका थिए । झरनाको २३ औं वार्षिक कार्यक्रम आगामी फागुन १५ गते छतिवनमा हुँदैछ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x