सुलसुलेअायुष्माकाे ‘माहुरी र झिँगा’ सार्वजनिक
ललितपुर, २०७२, माघ २४ । बालस्रष्टा आयुष्मा ढकालको बालकविता सङ्ग्रह ‘माहुरी र झिँगा’ सार्वजनिक भएको छ । ढकाल आइडियल मोडेल उच्च मा.वि.की कक्षा ६ की छात्रा हुन् ।
कलेज परिसरमा आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरीले कृतिको लोकार्पण गर्नु भएको हो । प्रा.डा. गिरीले आयुष्मालाई बधाइ र शुभकाना दिँदै उनी जस्ता बालप्रतिभालाई हामीले उचित प्रोत्साहन र हौसला दिने हो भने राष्ट्रले होनहार साहित्यिक व्यक्तित्व पाउने छ भन्नु भयो ।
आइडियल मोडल कलेजकै छात्रछात्रा र शिक्षक शिक्षिकाले बनाएका चित्रहरूले सिँगारिएको ‘माहुरी र झिँगा’ कविता कृतिमा समावेश गरिएका कविताका बारेमा प्राज्ञ नर्मदेश्वरी सत्यालले समीक्षा गर्नुभयो । उहाँले बालबालिकालाई साहित्यमा प्रोत्साहित गर्ने ठोस योजना प्रज्ञाले प्रतिष्ठानले बनाइरहेको बताउनु भयो ।
प्राज्ञ नरनाथ लुइँटेल र कवि विधान आचार्यले आयुष्मा ढकाललाई कलिलो उमेरमै कृति लिएर उपस्थित भएकामा शुभामना दिँदै बाल–विषयका कविता वाचन गर्नु भएको थियो । कार्यक्रममा अर्का साहित्यकार विजयराज भट्टराईले पनि शुभकामना मन्तव्य दिनु भएको थियो ।
कलेजका प्राचार्य विराज क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालस्रष्टा आयुष्मा ढकाल, प्रकाश न्यौपाने, प्रजिना ढकाल लगायतका छात्रछात्राले आआफ्ना कविता सिर्जना वाचन गरेका थिए ।
‘माहुरी र झिँगा’ कृतिमा आयुष्मा ढकालका बाल–विषय समेटिएका १४ ओटा कविता छन् । कृतिलाई रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो ।
Subscribe
Login
0 Comments
Oldest












































