साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऊ बनाउँदै थियाे

Nepal Telecom ad

किन बन्यो, कसरी बन्यो ? विचार बनाउँदै थियो
विचार नदी हो भनेर, किनार बनाउँदै थियो ।

ऊ यही संसारमा थियो, संसार बन्नुभन्दा अघि
यही संसारमा बसेर, संसार बनाउँदै थियो ।

न हड्डी न त मासु थियो, न त शरीरमा शरीर
पहिले फोक्सोमा सासको, आकार बनाउँदै थियो ।

ऊ जन्मिनुअघि म जन्में म जन्मिनुअघि ऊ जन्म्यो
विचित्र चित्र मभित्र अपार बनाउँदै थियो ।

मैले सोधेको ‘के हो’ लाई हाम्रो भाग्य यही हो भन्दै
दुईटा आँखाभन्दा माथि, निधार बनाउँदै थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x