साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उग्रता समाप्त भएको दिन !

Nepal Telecom ad

विचारमा पुसको चिसो ठिही बोकेर
कसैले देशको कुरा गरिहेको छ
आँखामा बादलको नानी बोकेर
अर्को कसैले देशको सौन्दर्यका बारेमा बोलिरहेको छ
अलि पल्तिर अर्को कसैले
डँढेलो बोकेको मन लिएर
अधिकारका कुरा गरिरहेको छ ।
म सदियौँदेखि
आगोको उग्रता सहिरहेको छु
ठिहीको क्रुरता भोगिरहेको छु
अनि बादलको उदण्डता खेपिरहेको छु
कोही मान्छे
बादल बनेर
कोही आगो बनेर
त कोही ठिही बनेर
देश र मेरा कुरा गरिरहँदा
म सोचमग्न छु
मैले अब पीडाको अर्कै रुप सहनु पर्नेछ
साँच्चै उग्रता समाप्त भएको दिन
संसार शान्त होला, कि शून्य !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
अपभ्रंश

अपभ्रंश

ठाकुर बेलबासे
आमा र दु:ख

आमा र दु:ख

ठाकुर बेलबासे
लाेकतन्त्रकाे शक्ति

लाेकतन्त्रकाे शक्ति

ठाकुर बेलबासे
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x