साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उग्रता समाप्त भएको दिन !

Nepal Telecom ad

विचारमा पुसको चिसो ठिही बोकेर
कसैले देशको कुरा गरिहेको छ
आँखामा बादलको नानी बोकेर
अर्को कसैले देशको सौन्दर्यका बारेमा बोलिरहेको छ
अलि पल्तिर अर्को कसैले
डँढेलो बोकेको मन लिएर
अधिकारका कुरा गरिरहेको छ ।
म सदियौँदेखि
आगोको उग्रता सहिरहेको छु
ठिहीको क्रुरता भोगिरहेको छु
अनि बादलको उदण्डता खेपिरहेको छु
कोही मान्छे
बादल बनेर
कोही आगो बनेर
त कोही ठिही बनेर
देश र मेरा कुरा गरिरहँदा
म सोचमग्न छु
मैले अब पीडाको अर्कै रुप सहनु पर्नेछ
साँच्चै उग्रता समाप्त भएको दिन
संसार शान्त होला, कि शून्य !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
अपभ्रंश

अपभ्रंश

ठाकुर बेलबासे
आमा र दु:ख

आमा र दु:ख

ठाकुर बेलबासे
लाेकतन्त्रकाे शक्ति

लाेकतन्त्रकाे शक्ति

ठाकुर बेलबासे
घाम र बा, आमा

घाम र बा, आमा

ठाकुर बेलबासे
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x