साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल हेर्न विदेश जाऔँ !

Nepal Telecom ad

आजभोलि हाम्रो देशको पहिचान
विदेशमै सरेजस्तो छ,
अब त्यहीं गएर खोज्नुपर्छ हाम्रो देश !
हिंड, हामी त्यतै जाऔँ !
नेपाल खोज्न विदेश जाऔँ !

नेपालको सन्दर्भमा
सेमिनार, गोष्ठीहरू उतै,
हाम्रो विकासका लागि
योजना बन्ने पनि उतै,
मन्त्री–सांसद् गइरहेकै छन्
हिंड, हामी पनि जाऔँ
नेपाल बुझ्न विदेश जाऔँ !

नेपालका देवीहरू उतै
नपत्याए दिल्ली–बम्बैमा हेर
हाम्रा श्रम–देवताहरू पनि उतै
नमाने विदेशी कारखानामा हेर
प्राचीन मूर्ति र प्रतिमाहरू उतै
हाम्रा नयाँ प्रतिभाहरू पनि उतै
हिंड, हामी पनि उतै जाऔँ
नेपाल हेर्न विदेश जाऔँ !

फकलैंड, कारगिल र कोसोभोमा
गोरखाली चिहानहरू उतै
लाहुरे र दरबानका रूपमा
देशभक्त महानहरू उतै
हाम्रो सीप उतै, बुद्धि उतै
रगत उतै, पसिना उतै
पहिचान खोज्न उतै जाऔँ
नेपाल हेर्न विदेश जाऔँ !

नेताहरूको दौड र गुलामी उतै
कोर्निस, जदौ र सलामी उतै
स्वतन्त्रता र स्वाभिमानको
मोल, बिक्री र लिलामी पनि उतै
देश कुरेर बस्नेले के पायो ?
त्यही आटो(ढिंडो आधा पेट खायो !
“गडफादर“ र “माईबाप“ पनि उतै
चमकदमक र रवाफ पनि उतै
त्यसैले, आत्मा मारेर भाग्य जगाऔँ
सुनचाँदी र हिरा–मोती अब
जे खान मन छ उतै खाऔँ
मन–पेट भर्न विदेश जाऔँ !

‘तिमी नरहे देश डुब्न्या छ’ हास्यव्यङ्ग्य कवितासङ्ग्रह २०५६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
परिहास

परिहास

उत्तमकृष्ण मजगैयाँ
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x