साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्ती कविगोष्ठीको ४० औँ शृङ्खला

Nepal Telecom ad

ललितपुर, २०७२ माघ २६ । तापाहिटी सामुदायिक सामुदायिक अध्ययन केन्द्रको हल, पाटनढोकामा घुम्ती कविगोष्ठीको ४० औँ शृङ्खला भव्यताका साथ सम्पन्न भएको छ । तापाहिटी सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष सरोजबहादुर श्रेष्ठको सभापतित्व तथा पाटन सी.बी.आर.की अध्यक्ष मञ्जु प्रधानको प्रमुख आतिथ्यमा कार्यक्रम सँपन्न भएको ।

कार्यक्रममा डिल्लीराज अर्याल, जगदीश्वर पोखरेल, शीतल गिरी, बालमुकुन्द कार्की, सम्मानित व्यक्तित्व समाजसेवी मोतीशान्ति शाक्य, पवन बुढाथोकी र नेत्रप्रसाद दाहाल अतिथि रहनु भएको थियो । दुई चरणमा विभाजित यस कार्यक्रममा उद्घाटनको दीप प्रज्वलनपछि सम्मान कार्यक्रम रहेको थियो । वरिष्ठ समाज सेवी मोतीशान्ति शाक्यलाई तापाहिटी सामुदायिक अध्ययन केन्द्रले दोसल्ला प्रमाणपत्र र मायाको चिनोसहित सम्मान गरेको थियो ।

दोस्रो चरणमा घुम्ती कविगोष्ठीका कवि–कवयित्रीहरू रामचन्द्र दाहाल, ओमप्रसाद कोइराला, किर्ते पौडेल, सुनिता सापकोटा, सुशीला खड्का ‘हसिना’, डिल्लीराज अर्याल, जगदीश्वर पोखरेल, रुद्र अधिकारी, परशुराम पराशर, बालमुकुन्द कार्की, रामकुमार पण्डित, मोतीशान्ति शाक्य, इन्दिरा श्रेष्ठ, रुपिम शाक्य, राजकुमार थापा, पवन बुढाथोकी, सुन्दर श्रेष्ठ, रमेशकुमार बाराही, रतिम श्रेष्ठ, मञ्जु प्रधान, डिल्लीप्रसाद मूलतिहुन, सरोजबहादुर श्रेष्ठ लगायतले कविता, गजल तथा मुक्तक वाचन गर्नु भएको थियो ।

रामकुमार पण्डित क्षेत्री र डिल्लीप्रसाद मूलतिहुनले क्रमशः सञ्चालन गरेको यो कार्यक्रममा अतिथिहरूलाई समेत मायाको चिनो प्रदान गरिएको थियो । अतिथि वक्ताहरूले बोल्ने कामभन्दा पनि कविता वाचन गर्ने काम गर्नुभएको थियो ।
–परशुराम पराशर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x