साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थानापतिमा साहित्य र सद्भावना यात्रा

Nepal Telecom ad

नुवाकोट, २ फागुन । वसन्तपञ्चमीका अवसरमा वरिष्ठ साहित्यकार र स्थानीयवासीको सहभागितामा थानापति मन्दिर व्यवस्थापन तथा पुनःनिर्माण समिति र ‘संसाक पाक्षिक’ पत्रिकाको आयोजनामा बृहत् साहित्यिक पर्यटन सद्भावना यात्रा–२०७२ सम्पन्न भएको छ ।

स्थानीय रुपमा ऐतिहासिक थानापति मन्दिर परिसरमा आयोजित कार्यक्रममा करिब दुई दर्जन कविले रचना प्रस्तुत गरेका थिए भने समालोचकले साहित्य र जीवनबारे मन्तव्य दिएका थिए ।

लेखक तथा सांसद् गौरा प्रसाईँले साहित्य र संस्कृतिले मानिसलाई बाँच्न सिकाउने भन्दै यात्रा सफलताको कामना गरिन् । कार्यक्रममा प्राध्यापक डा. व्रतराज आचार्य, प्राध्यापक डा. रमेशचन्द्र अधिकारी, रामबाबु सुवेदी, डा शैलेन्दुप्रकाश नेपाल, दामोदर पुडासैनी किशोर, हरिप्रसाद पाण्डेय, देवी नेपाल, श्रीधर पौडेल, भाग्यशाली अधिकारी, जगदीश्वर पोखरेल, रत्ननिधि शुक्राचार्य श्यामराज पाठक, प्रकाश सिलवाल, डिल्लीप्रसाद मुलतिउन, रीता खतिवडा, उत्तम भेटुवाल, रुद्र अधिकारी, सुदेश सत्याल, निशा मोक्तान, सुनिता सापकोटा, भैरवी ढुङ्गाना, उमेश पाण्डे, महेशप्रसाद सिलवाल, शर्मिला थपलिया, सङ्गीता थपलियालगायतले साहित्यिक रचना प्रस्तुत गरेका थिए ।

समितिका अध्यक्ष पदम थपलियाले मन्दिरमा हरेक वसन्तपञ्चमीमा लाग्ने लघु रुद्रीपूजासँगै साहित्यिक भेला गराइएको बताए भने समितिका सचिव नरेन्द्र थपलियाले मन्दिरमा रहेका शक्ति र आस्थालाई मुलुक भरका थपलिया र कुटुम्बले मान्दै आएको जानकारी दिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x