साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिश्र पुरस्कार सिस्नुपानी नेपाललाई

Nepal Telecom ad

भक्तपुर, फागुन ८ । यस वर्षको युद्धप्रसाद मिश्र स्मृति पुरस्कार सिस्नुपानी नेपाललाई अर्पण गरिएको छ । युद्धप्रसाद मिश्रको २५ औँ स्मृति दिवसको अवसरमा आयोजित एक समारोहका बिच सिस्नुपानी नेपाललाई रु. दस हजार नगद सहित सम्मानपत्र प्रदान गरिएको हो ।

वरिष्ठ प्रगतिवादी साहित्यकार मोदनाथ प्रश्रितको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कुशल राजनीतिज्ञ एवम् पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई समेत सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा मोदनाथ प्रश्रित, लालबाबु पण्डित, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जीवेन्द्रदेव गिरी, युद्धप्रसाद मिश्र प्रतिष्ठानका निवर्तमान अध्यक्ष वासुदेव अधिकारी, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, स्थानीय समाजसेवी शशिजंग थापा लगायतका वक्ताहरूले युद्धप्रसाद मिश्रको योगदान र प्रगतिवादी चिन्तनका बारेमा खुलेर प्रशंसा गर्नु भएको थियो ।

सिस्नुपानीको व्यङ्ग्यात्मक प्रस्तुति र मिश्रका कविताहरूको अभिनयात्मक प्रस्तुतिका कारण कार्यक्रम निकै आकर्षक बनेको थियो । स्मृति प्रतिष्ठानका अध्यक्ष अनिल पौडेलको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x