साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन टुक्रा

Nepal Telecom ad

१. कली अवतार

जम्ला हात गर्दा मात्र हुन्न । चाकरी–चाप्लुसीले मात्र पुग्दैन । द्रव्यदान गर्ने हिम्मत छैन भने ढोका नढकढक्याउँदै बेस हुन्छ । जति नून थपे पनि अलिनै रहन्छ । जति मिश्री घोले पनि तीतै रहन्छ । अनि, जति भर्न खोजे पनि हाकिमको झोला आधाको आधै रहन्छ । सुटबुट उसकै छ । मीठो–मसिनो थालीमा पर्छ । धाक–धक्कु र सोर्सफोर्स उसैले पालेको छ । तलदेखि माथिसम्म उसकै पहुँच छ । त्यसैले त ऊ हाकिम बनेको छ । कली अवतारको रूपमा जनमानसका साम्राज्य जमाउन सकेको छ । जम्ला हातको साटो कसैले एउटै हात उठाउन खोज्यो भने सुरुआतमा तलको कानून लागू गर्छ । धुलै चटाएर मात्रै छाडिदिन्छ । त्यो त्यत्तिले तह नलागे राष्ट्रको कानूनको सहारा लिन्छ । भएन भने माथिकहाँ लम्पसार पर्छ । त्यसले पनि समस्या समाधान नभए झोलितुम्बा बोकेर तोकिएको नयाँ जग्गामा सर्छ । र, आफ्नो निरङ्कुश रवैयालाई निरन्तरता दिइरहन्छ ।

२. एक प्रश्न

रगत बगाउँदा पुगेन । ज्यानै दिँदा मन बुझेन । एकएक गर्दै हजार–हजार मुटुहरू पड्के । सिउँदो पुछिने र भाग्य मेटिनेहरू गनिसाध्य भएनन् । उजाड वस्तीहरूमा लालुपाते र गोदावारी फुल्ने नामै लिएनन् । तिमी भने क्षेत्रीयता र जातियताको पछि लागि शोषकहरूको फेदमा मलजल पुर्याउँदै छौ । विर्सनुपर्ने इतिहासलाई पुनरावृति गर्न न्वारानदेखि सञ्चित बल झिक्दै छौ । शहिदको सरापले नपिर्ने, जलेको चिताले नपोल्ने, हैन तिमी त कस्ता–कस्ता ! बगेको रगतलाई चौलानी भन्न थालेछौ । ढलेको शरीरलाइरहरको नशाभन्दा रहेछौ । अँझ ‘इन्कलाब’का नारा फलाक्न भन्छौ । खेदाउनुपर्ने चुपचाप खेदिएपछि अब कुन उल्लू खेल खेल्दै छौ ? अब कसलाई खेदेर शासनको कुन तन्त्र ल्याउन चाहन्छौ ?

३. खर्च बाराना
तिमी आउँदा हर्र बासना आउँछ । नाकले पहिले थाहा पाउँछ । तिमी जाँदा आनन्द आउँछ । पहिले मनले ज्ञान पाउँछ । उपस्थितिमा मागको थुप्रो लाग्छ । अनुपस्थितिमा माग ठडिने त्रास हुन्छ । हुँदा पुर्याउनै गाह्रो छ । नहुँदा कहिले के–के पुर्याउनुपर्ने हो सोचेर मन अत्तालिन्छ । हुँदाभन्दा नहुँदै मन बढी घायल हुन्छ । तिम्रो मुस्कानैपिच्छको मैले दाम चुकाएको छु । तिम्रो बोलीपिच्छेको तिरो मैले तिरेको छु । कहिलेकाहीँ मेरो स्थानमा उभिएर हेर त ! चाराना कमाएर बाराना खर्च कसरी गर्ने ? भुँइमा पर्नै नपाएको तिम्रो बोलीलाई कसरी उत्तीर्ण गराउने ?

तपेश्वरी–१, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x