साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्षः शुभकामना

Nepal Telecom ad

पुरानै डसनालाई ढाक्न
तन्ना फेरेजस्तै
हामी वर्ष पनि फेर्छौं
नयाँ वर्षको आरम्भ गरेर
नयाँ वर्ष मनाउँछौं
बिना हर्ष !
बिना उमङ्ग !
नयाँ वर्षमा पनि
उही पुरानै कोट लगाउछौँ
जुन कोटमा खाली पेटजस्तै
मात्र रित्तो खल्ती हुन्छ
मात्र थुप्रै रोगहरूको ‘प्रिस्क्रिप्सन’ हुन्छ ।
नयाँ वर्ष
थुप्रै सङ्कट र अभाव बोकेर आउँछ
पुरानो वर्षको ऋण चुक्ता नहुँदै
अर्को ऋणको तमसुक लेखेर आउँछ
केवल अनावृष्टिको संभावना बोकेर आउँछ
केवल अतिवृष्टिको शङ्का बटुलेर आउँछ
र, हामीलाई सुख्खाग्रस्त इलाकाभित्र पु¥याउँछ
र, हामीलाई फोस्रा शुभ(कामनाका कार्डहरू बटुल्छ ।
शुभकामना ओढेर हामी
न सङ्कटको वर्षा थाम्न सक्छौँ
न त अभावको आँधी रोक्न सक्छौँ ।
नयाँ वर्ष
कहिले पनि दुःखको बादल हटाउँदै आएन
कहिले पनि सुखको फाँट फैलाउँदै आएन
कहिले पनि बास, गाँस र कपास हुँदै आएन
मात्र हात्ती आयो आयो फुस्सा !?
यो निश्चित छ कि
गत वर्षजस्तै यस वर्ष पनि
हामीले यौटा अभावग्रस्त दिनचर्या बिताउनुपर्छ
यौटा रोगग्रस्त जिन्दगी भोग्नुपर्छ
र, रोग र भोकसँग सङ्घर्ष जारी राख्नुपर्छ ।
म मेरा प्रियजनहरूलाई
यौटा शुभ(कामना दिन्छु
(नयाँ वर्षको खुसीमा होईन)
यस अर्थमा कि
उनीहरूमा
नयाँ वर्षले ल्याएको
सङ्कट समाधान गर्नसक्ने साहस आओस्
अभावसँग जुध्नसक्ने सामथ्र्य आओस्
र, दुःखदायी जिन्दगी भोग्नसक्ने क्षमता बढोस्
यही नै हो नयाँ वर्षमा
मेरो शुभकामना !

(सौरभः पूर्णाङ्कः ४, २०३८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x