साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तेह्र स्रष्टा सम्मानित

Nepal Telecom ad

साहित्य संवद्र्धन केन्द्रले विभिन्न विधाका १३ जना स्रष्टासर्जकलाई सम्मानित गरेको छ । राजधानीमा शुक्रबार साहित्य दिवसको सन्दर्भमा आयोजित स्रष्टा सम्मान तथा पुस्तक विमोचनका क्रममा केन्द्रले उनीहरूलाई सम्मान गरेको हो ।

केन्द्रले बसन्तराधा पद्यकाव्य पुरस्कारबाट साहित्यकार लक्ष्मीप्रसाद कोइराला, हेमकुमारी–दिवाकर समाजसेवा सम्मानबाट त्रिफला राष्ट्रिय पुस्तकालय झापालाइ सम्मान गरेको छ । त्यस्तै साहित्य संवद्र्धन द्रष्टा सम्मान मोहनराज शर्मालाइ प्रदान गरिएको छ भने हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कारबाट कुन्ता शर्मा सम्मानित हुनुभएको छ ।
त्यसैगरी विश्वज्योती सेवा सम्मानबाट सत्य उद्यान ललितपुर, शारदादेवी सिर्जना पुरस्कारबाट गीता केशरी, राधिका–पदम–दुर्गा पुरस्कारबाट प्राध्यापक डाक्टर टिकाराम अधिकारी तथा बैजयन्ती स्रष्टा सम्मानबाट साहित्यकारहरू मेनुका पौडेल, कृष्ण बजगाईँ, धिर कुमार श्रेष्ठ, राम कार्की कोने, प्राध्यापक डाक्टर कृष्ण प्रसाद दाहाल र मुकुन्द चालिसे सम्मानित हुनुभएको छ ।

कार्यक्रममा ५ वटा साहित्यिक कृति लोकार्पण गरिएको छ । जसमा साहित्यकार विपुल सिजापतिको उपन्यास ‘मान्छे भएर मरेको मान्छे’, साहित्य संवद्र्धन केन्द्रद्वारा २०७१ मा वर्षभरि प्रकाशित पुस्तकहरूको अभिलेखन ग्रन्थ साहित्य वर्ष पुस्तक, पं गोविन्दप्रसाद दाहाल लिखित विनयकुमार शर्मा नेपालद्वारा सम्पादित ज्ञान विज्ञान, जगदीश लामिछाने लिखित ‘समय समयका कुर’, हरि थापाको ‘मेरो माटोसँग’ पुस्तक लोकार्पण गरिएको छ । कार्यक्रममा साहित्यकार वसन्तकुमार शर्मा नेपालको ९४ औ जन्मदिन मनाइएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x