साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सन्ध्याको शुभकामना कविगोष्ठी

Nepal Telecom ad

साहित्य सन्ध्याको नियमित मासिक ३५९ औँ शृङ्खला वैशाख ४ गते शनिवार राजधानीमा सम्पन्न भयो । अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न गाष्ठीमा ‘विक्रम सम्वत्को प्रचलन र प्रयोग’ विषयक परिचर्चा समेत गरिएको थियो । प्रमुख अतिथि जन गायक प्राज्ञ रामकृष्ण दुवाल र अतिथिका रूपमा चिन्तक गोपिरमण उपाध्याय, प्राज्ञ सानु पहाडी, डा.षडानन्द पौडेल, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा.फणीन्द्र निरौला, वरिष्ठ कवि एवम् प्राज्ञ पूर्ण विराम, कणाद महर्षि, रामप्रसाद प्रदीप, समालोचक हेमनाथ पौडेल, स्रष्टा समाजका अध्यक्ष अतृप्त पाण्डेय, वरिष्ठ कविद्वय उमेश उपाध्याय र मित्रलाल पंज्ञानी, प्रगतिशील लेखक सङ्घका पुण्य गौतम ‘विश्वास’ उपस्थित हुनु हुन्थ्यो ।

गोष्ठीमा जन गायक प्राज्ञ रामकृष्ण दुवालले ‘विक्रम सम्वत्को प्रचलन र प्रयोग’का सम्बन्धमा चर्चा गर्नु हुँदै विक्रम सम्वत् भन्दा पनि नेपाल सम्वत् अझै पुरानो देखिएको, वि.सं.४२१ मा विक्रमादित्यले शासन चलाएका र त्यसको चार सय वर्ष अघिदेखि विक्रम सम्वत्को प्रचलन रहेको भन्ने समेतको अभिलेख पाइएको बताउनु भयो ।

गोष्ठीको थालनी बालकविहरू प्रलिसा अधिकारी र प्रजिसा सत्यालका कविताबाट गरिएको थियो भने अन्य कविहरू डा.देवी नेपाल, पूर्ण विराम, मित्रलाल पंज्ञानी, ओमप्रसाद कोइराला, अतृप्त पाण्डेय, मुकुन्दप्रसाद न्यौपाने, डम्बर पहाडी, अमृता स्मृति, प्रमोद स्नेही, बैरागी जेठा, डिल्लीराज अर्याल, प्रभाती किरण, कणाद महर्षि, पुण्य गौतम ‘विश्वास’, अभ्यस्त यात्री, जयन्ती स्पन्दन, रत्ननिधि रेग्मी, रमेश गौतम ‘पाल्पाली’, डम्बरध्वज लिम्बू, गोविन्द नेपाल, प्रदीपरत्न शाक्य, सुधीर ख्वबी आँसु, रश्मि रिमाल, भावना न्यौपाने, निर्मला रेग्मी, रामप्रसाद प्रदीप, इन्द्रजित शर्मा चौलागाईँ, अशोक कुँवर ‘नेत्र’, डा.षडानन्द पौडेल, गोपाल नेपाल, नारायण निरासी, उर्मिला पन्त पाण्डेय, सुदेश सत्याल, प्रशान्त खरेल, देवकी के.सी., रामकुमार पण्डित, उमेश उपाध्याय र राम विनयले आआफ्ना समसामयिक कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।

वाचित रचनामाथि माक्र्सवादी चिन्तक गोपिरमण उपाध्यायले टिप्पणी गर्नु हुँदै बुटवलमा नियमित मासिक साहित्य गोष्ठी भइ रहने र त्यहाँ प्रस्तुत हुने विषय र स्तर अनि यहाँ प्रस्तुत भएका विषय तथा स्तर उस्तै उस्तै लागेको बताउनु भयो । उहाँले कविताले कुनै न कुनै विचार बोकेन र केही न केही सन्देश सम्प्रेषण गरेन भने त्यो शब्दको थुप्रो मात्र हुन्छ भन्नु भयो ।

सभाध्यक्ष राम विनयले विज्ञहरू, साहित्यकारहरू समय निकालेर यहाँ गोष्ठीमा सहभागीका भइ दिएकामा धन्यवाद दिनुहुँदै अर्काे महिना पनि कुनै विशेष विषय सहित उपस्थित हुने प्रतिवद्धता सहित गोष्ठीको समापन गर्नु भयो ।
–रमेश पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x