साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मौनता

Nepal Telecom ad

कहिलेकाहीँ
तिमीले मेरो मौनतालाई
बिस्मृतिको उपमा दिन्छौ
तब गलत र मिथ्या लाग्छ
प्रेमको व्याकरण पनि ।

कतिसम्म भने
निदाउँदा पनि हातैमा बोकिहिंड्ने
बच्चाको हातको नयाँ खेलौना झैं
बोकिहिंडें आफ्नै छाया सम्झेर
कहिल्यै मैलो र पुरानो लागेन
त्यों अजिव उपस्थिति ।

झरी परेको दिन
निर्मम भिजिरहेको परिचित आकृति सम्झिएँ
एउटा तिम्रै सन्दर्भ त्यो पनि
हुर्किएको प्रचण्ड गर्मीमा
अनुहारै छोप्ने पसिनाको भव्य मेला देखें
त्यहाँ तिमी नै थियौ
भयानक हुरी माझ
आफूलाई मुस्किलले जोगाइरहेको
सजीव रूप पनि तिम्रै थियो ।

कुनै प्रख्यात चित्रकला प्रतियोगिताको
नामुद प्रतियोगी झैं
कुन रङ्गले सुहाउंछ छानी छानी
रङ्ग भरिरहें प्रेमको तस्वीरमा
उक्त तस्विर अरु कसैको नभई तिम्रै थियो
हतारमा
फुर्सदमा
खुसीमा
आहत, एकान्त र कोलाहल मुक्त थिएन ।

हेर न
चुपचाप चुपचाप बगेकै छ खोला
सुनसान सुनसान बहेकै छ हावा
बिना चिरबिराहट पनि
उडेकै छन् माथि माथि यी चराका बथान
हल्लाहरू भन्दा पनि अलि पर छु यसबेला ।

मौनता
जहाँ जीवनबाटै छोडिएको जीवनको अध्याय भेटिन्छ
अक्सर,
आफैंभित्रको शालीनता र एकाग्रता भत्काउंछन्
यी बेइमान कोलाहलहरू ।
अहिलेलाई यति भन्छु–
तिमीलाई सम्पूर्ण रुपमा सम्झनै भनेर
म बेला बेला मौन रहन्छु ।

मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
घर

घर

तारा पराजुली
बुबा र ईश्वर

बुबा र ईश्वर

तारा पराजुली
हिउँदको गीत

हिउँदको गीत

तारा पराजुली
उत्खनन

उत्खनन

सरूभक्त
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x