साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आदि–इत्यादि सबै महान हुन्

Nepal Telecom ad

तेल बेच्न बसेको
आयल निगमसँग
तेल छैन
अपराधी थुन्छु भन्छ
नेपाल प्रहरी
तर बबुरासँग
एउटा राम्रो जेल छैन
भड्खारोमा परोस्
साला पदक
हाम्रो खेलकुद परिषदसँग
एउटै पनि खेल छैन ।

बिहान–बेलुकै ढिंडो निल्दा
घाँटीमा चरो करायो
भन्छन् हुम्ली/जुम्लीहरु
चामलको के आस गर्नु
विचरा खाद्यसँस्थानसँग
एउटा सिंगै सेल छैन
सधैं भेटै पिच्छे हात त मिलाउँछन्–पच्चिस दल
तर किन यिन्मा मेल छैन !

सिमकार्ड बाँड्छ टेलीकम
नेटवर्क बाँड्दैन
विदेशिन पासपोर्ट देउ भन्दा
परराष्ट्रले पासपोर्ट बेच्दैन
साला विद्युत प्राधिकरणको कुरै नगर
उ हिउँद/वर्खा सधैं
पानी भए पनि–नभए पनि
सम्साँझै लाईन काट्छ
कृषि बैकले लाजै नमानी किसानको खेत खान्छ ।

जहाज उडाउनु पर्ने
वायु सेवा निगमसँग–जहाज छैन
अख्तियार र विशेष अदालतसँग
शीरदेखि पाउसम्म लाज छैन
धारामा हावा छिराएर
मिटर चढाउने खाने पानी संस्थान
उसँग नैतिक सोंच छैन
साला ढल र सडक विभाग
घाम ताप्छन र भत्ता पचाउँछन्
औषधि र डाक्टर विनाका
सरकारी अस्पतालले के को मान्छे बचाउँछन् !

जात्रामाथि जात्रा थप्छन्
संसदमा छ सय एक मठाधिसहरू
न चलाउन हुने/न बोलाउन हुने
यो देशका पत्रकार र न्याधिसहरू
आधुनिकताको नाउँमा
दिउँसै नाङ्गिने मिसहरू
आदि–इत्यादि सबै महान हुन्
यो मुलुकमा जनता नै हुन् ठिसहरू…. ।

नारायणस्थान, बागलुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x