साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बानेश्वरमा मुसो हरायो

Nepal Telecom ad

सिस्नेरीमा बाढी आयो
बालाजुमा भैंसी बगायो
डिल्ली बजार म्याउँ बोल्यो
बानेश्वरमा मुसो हरायो ।

चौंरी पाल्ने खर्क छैन जरायोलाई घारी
फड्के बस्यो आफ्नै ठाउँमा खोलो पुग्यो पारि
वारि बगर पारि खेत
यस्तो बिजोग कल्ले गरायो ।

जेठो हली कान्छो रोपार यौटै डाडु पन्यु
यौटा घरमा धानको कुन्यु अर्को घरमा उन्युँ
तँलाई उन्युँ मलाई कुन्युँ
बण्डा गर्ने लण्ठै हरायो ।

द्यौता बस्ने सिंहासनमा छुचुन्द्राको ताँती
जस्तो द्यौता उस्तै पूजा सिस्नो तितेपाती
पानी छैन पँधेरी
कोकाकोला बियर चढायो ।

कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x