साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खित्कै खित्का– १९

Nepal Telecom ad

मगन्ते मन्त्रालय
चीनले रेल दिन्छ, साउदीले तेल दिन्छ । बेलायतले सशक्त बनाउन सशक्तीकरण कार्यक्रम दिन्छ । अर्काे कुनै देशले जलविद्युत् आयोजना ल्याइदिन्छ । माग्नु मात्रै पर्छ, विश्व बैंक र एसियाली विकास बैंकले हाम्रो खल्तीमै ऋण ओईयाइदिन्छ । अब नेपालीका सुखका दिन आउँछन्, सुतेर खान पाइन्छ । चिनियाँ रेलले चिनी ल्याइदिन्छ, चामल दिने देश पनि खोजौँ, हामीले मागेपछि अवश्य दिन्छ । चिया पनि मागौँ, दाल पनि मागौँ, आलु त झन् माग्नैपर्छ ।
अरूले मात्र दिएर हुन्छ ? भारतले दिन पर्दैन ? भारतले पनि रेल ल्याइदिन्छ । रेलमा अनेक सामान पठाइदिन्छ । पेट्रोल खानी खोज्न चीनलाई लगाऊ, पेट्रोल निकाल्न अर्काे कुनै देशलाई पत्र पठाऊ । सरकार चलाउन जनतासँग कर उठाऊ । स्कुल बनाउन कुनै देशलाई जिम्मा लगाऊ । शिक्षकको तलब विदेशीसँगै माग । बालबालिकालाई स्कुल पठाऊ, विदेशबाट पुस्तक मगाऊ । विद्यार्थीलाई परीक्षा दिन दुस्ख हुन्छ, परीक्षा दिन विदेशबाटै भाडाका विद्यार्थी मगाऊ । सबैथोक विदेशीसँगै मागौँ । हामीचाहिँ सुतेर खाऊँ, मागेरै बाचौँ । विदेशीले शौचालय बनाइदिएर मात्र के हुन्छ ? थालबाट उठाएर मुखमा हाल्न पनि एउटा परियोजना चाहिन्छ, जसरी हामीले गरेको फोहोर उठाउन उहिल्यै जर्मनीले आर्थिक एवं प्राविधिक मद्दत गरेको थियो ।
यसै माग्ने उसै माग्ने, एउटा मगन्ते मन्त्रालय तत्काल चाहिन्छ । त्यसैले अब यसरी हुँदैन, मगन्ते मन्त्रालयबिना अब देश चल्दै चल्दैन ।

गरिब पार्टी, हरिप नेता
खुट्टा भए जुत्ता हजार, नेता भए पार्टी हजार । आयव्यय नबुझाउने राजनीतिक पार्टी खारेज गर्ने रे π पार्टी होइन, नेता खारेज गर्नुपर्छ । पार्टी खारेज गरेर के गर्नू ? खारेज पार्टीका नेताले अर्काे पार्टी खोलिहाल्छन् । उद्योगधन्दा खोल्न गाह्रो छ, पसल खोल्न पनि गाह्रो छ तर पार्टी खोल्न सजिलो छ । अलिकति काइदा जानेर पार्टी खोले फाइदै फाइदा । पार्टीलाई त के फाइदा हुनु, नेतालाई फाइदा । हाम्रोमा पार्टी घाटामा चल्छ, पार्टीको आर्थिक बिजोग हुन्छ तर नेता भनाउँदो मोटाउँछ । पार्टी गरिब, नेता धनी । सुरुमा पार्टी र नेता दुवै गरिब हुन्छन् । पछिपछि नेता धनी हुँदै जान्छ, पार्टी गरिबको गरिब नै रहन्छ । त्यस्तो गरिब पार्टीले के भनेर आयव्यय बुझाउने ? गरिब पार्टीका हरिप नेतालाई पार्टी खारेज भएर फरक पर्दैन । उसले भोलिपल्टै अर्काे पार्टी खोल्छ या अर्काे पार्टीमा फाल हान्छ । अर्काे पार्टी पनि गरिब हुन्छ तर त्यहाँको नेता ऊजस्तै हरिप हुन्छ । नेता कति हरिप भने तिनले गरिबी मात्र देखाउँछन्, आफ्ना ड्राइभर गरिब, पीए गरिब, भान्से गरिब, अर्दली गरिब, घरको पाले गरिब, सबै गरिब । पर्दाअगाडि पार्टी हुन्छ, पर्दापछाडि आयव्यय हुन्छ । पर्दापछाडिको आयव्यय कसले बुझाउने ? किन बुझाउने ? कसरी बुझाउने ?
यसो गरौँ, पार्टी खारेज नगरौँ, नेता खारेज गरौँ । आयव्यय नबुझाउने पार्टीको नेताले पद नपाउने, अरू पार्टीमा समेत पस्न र बस्न नपाउने माग गरौँ । चाँडो गरौँ, नत्र आयव्यय नबुझाए पार्टी खारेज हुने नियम नै यी हरिप नेताहरूले खारेज गरिदेलान् ।

सहमतिका किसिम
नेताहरू ट्याप्प मिले अनि एकअर्का्विरुद्ध फलाक्न थालिहाले भने भर्खरै कुनै सहमति गरेछन् भनी बुझे हुन्छ । कसैले ‘लौ, राष्ट्रिय सहमति गरौँ’ भन्यो भने ‘कि कुर्सी देऊ, कि मिलेर खाऊँ’ भनेको हो भनेर कसले बुझ्दैन र ? भोलि आफूले नमान्ने र अर्काेले पनि बेइमानी गर्ने दुवैखाले विषय राख्नुपर्ने अवस्थामा बुँदे सहमति गरिन्छ । केही बुँदामा एउटाले र केही बुँदामा अर्काेले बेइमानी गरेपछि बुँदे सहमति बाँदरे सहमतिमा परिणत हुन्छ । यी सबैखाले सहमति बुझियो तर अहिले बजारमा सुपरहिट ‘भद्र सहमति’ फिटिक्कै बुझ्न सकिएन ।

गोप्य सहमतिको विकसित रूप नै भद्र सहमति हो भन्नेहरू पनि छन् । भद्र सहमतिमा एउटाले ठाडो हात पारेर ‘बेला आएपछि सहमति प्रकट हुनेछ’ भन्दा रैछन्, अर्काेले चाहिँ धारे हात लाउँदै ‘सहमति भएको हो भने तमसुक देखाऊ’ भन्दा रैछन् । भएको हो कि होइन, अन्योल उत्पन्न हुनेलाई भद्र सहमति भन्नुपर्ने हो कि † अरू खाले सहमति कहाँ टुंगिन्छ भन्ने हामीले बारम्बार देख्या छौँ तर यो भद्र सहमति नयाँ भएकाले भेउ पाउन सकिएन । भद्र सहमतिबारे अरू केही नबुझिए पनि एउटा कुरा भने बुझियो, यो सहमतिको खेल मैदान पनि सिंहदरबारको कुर्सी नै हो ।
ल अब भनम्, कुर्सीका लागि नेपालमा कति किसिमका सहमति प्रचलित छन् ?

गफ शिरोमणी
– अल्छी ती हुन्, जसले गफ दिन जान्दैनन् या दिँदैनन् । महाअल्छी ती हुन्, जो काम मात्र गर्छन् तर फिटिक्कै गफ दिँदैनन् । यस्ता अल्छी र महाअल्छी दुवैखाले मानिसलाई गफ दिन सक्ने, गफ सुनाएर ट्वाँ पार्न सक्नेचाहिँ जाँगरिला हन् । नेपालमा त्यस्ता जाँगरिला मानिस एक जना छन् । लौ ठम्याउनूस् त, उनी को हुन् ?
– गफ प्रतियोगितामा एक जनाले स्वर्ण, रजत र काँस्य तीनवटै पदक कुम्ल्याएछ । कारण, उसले भेष बदलेर फरकफरक रूपमा मञ्चमा आएर गफ दिएको थियो । तीनवटै गफ असाध्यै दामी थिए । प्रतियोगितापछि ऊ असली रूपमा प्रकट भयो । अरू सबै उसलाई नमस्कार ठोक्दै नतमस्तक भए । चिन्नुभो त उनलाई ?
– उनले भने, ‘मैले विकासको कुरा गर्दा विरोधीहरू अत्तालिए ।’ मान्नैपर्छ उनको ‘कुरा’ अर्थात् गफलाई । कुराले नै आत्तिने कस्ता खालका विरोधी हुन् ? ‘कुरा’ गर्दा मात्रै पनि विरोधी आत्तिँदा रहेछन् भने काम नै गर्न थाले भने झन् के होला ?

अब त पक्कै चिनिसक्नुभयो होला, ‘गफ शिरोमणि’लाई ?

नेपाल, असार २, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x