साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ शक्तिका पण्डितमा !

Nepal Telecom ad

जम्बोजेट बनेछ कार्यदल नै, के को नयाँ शक्ति भो ?
शब्दै मात्र नयाँ विचार त उही, थोत्रा र धोद्रा छ पो ।
जम्मै वाद फिटेर घुल्मिल गरी, जात्रा गर्यौ पण्डित
बन्ने भो उट वानरै शिव हरे, हुन्छौ तिमी दण्डित ।।१।।

रक्सीमा खिर मासु जौतिल दही केरा र च्याउ मिली
सात्वीकी अनि राजसी तमसकी, खाना अहो ! झिल्मिली ।
साँच्चै डक्टरको कमाल अहिले, देखाउदै प्राज्ञिक
सक्क्यायौ भ्रम यज्ञ खर्च अति भो, पैसा लियौ कोसित ? ।।२।।

‘वामे लोकप्रणाली’ न्वारन गर्यौ, लेलीन माओ ढले
तिम्रा साठी बसन्त अन्त हुन गै, हत्या र हिम्सा फले ।
प्रिथ्वीनारन बीपि सम्झिन पुग्यौ, क्यै चेतना उम्रियो
उर्जाशील उमेर व्यर्थ हुन गो, बाबू ! सबै खुम्रियो ।।३।।

आफ्नै शुन्ड मशुन्ड अन्य दलका, चैते तथा कात्तिके
केही पेन्सन्वीर वैश्य गणका, मात्रा मिलायौ अरे ।
आँखा दक्षिणमा जुधाउन पुगी, पुत्ला बन्यौ पण्डित
कच्चा राजनयज्ञ छौ अझ तिमी, हे चञ्चले पण्डित ।।४।।

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x