साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल नौलो

Nepal Telecom ad

यता देश छाँस्ने उता देश टाँस्ने,
कुरा यी नमानेपछि ज्यान मास्ने,
दुले चोर पस्दैछ फोरेर दैलो,
त्यसैले बनेको छ नेपाल नौलो ।।

लफङ्गा र झल्ला बढे यत्रतत्र,
भए कुन्डले मन्डले झन् प्रसस्त ।
यिनैले गरे देशमा भाँडभैलो,
त्यसैले बनेको छ नेपाल नौलो ।।

हिमालीय छानो छ यो देश सानु,
सधैं नै यहाँ पर्छ मागेर खानु ।
यिनै दीनका निम्ति गाडिन्छ मौलो,
त्यसैले बनेको छ नेपाल नौलो ।।

उता गाउँमा मर्न लागे गरीब,
यता केन्द्रमा मोजमस्ती अतीब ।
दुखीेका मुखैमा त लाग्दैछ जालो,
त्यसैले बनेको छ नेपाल नौलो ।।

छली ओठले भन्दछन् संविधान,
सबै छन् बसेका यही देश खान ।
दुखी गाडिने नित्य बढ्दैछ खौलो,
त्यसैले बनेको छ नेपाल नौलो ।।

यहाँ भाइभाइ स्वयं शत्रु भा’छन्,
दयाधर्म सारा हराएर गा’छन् ।
बगेको छ उर्लेर जातीय खोलो,
त्यसैले बनेको छ नेपाल नौलो ।।

पुरानो भयो देशको संस्कृतित्व,
भनी ल्याइँदैछन् विदेशीय वस्त्र ।
कठै जेलमा छन् नि साडी र चोलो !
त्यसैले बनेको छ नेपाल नौलो ।।

सुरा सुन्दरीमा अडेकोछ सत्ता,
तिनैले मनग्गे थपेको छ भत्ता ।
पुरा देश काम्दैछ लागेर औलो,
त्यसैले बनेको छ नेपाल नौलौ ।।

उहिल्यै थिए जातमा चार मात्र,
हिजो आज छन् प्याजझैं पत्रपत्र ।
यसै गर्न नेता भएको छ पैलो ।
त्यसैले बनेको छ नेपाल नौलो ।।

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x