साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बर्जित धर्ती

Nepal Telecom ad

जब म पल्टाउँछु
भूगोलको मानचित्र
र कोरिएका देख्छु
असंख्य रेखाहरू
मेरो गोल मथिङ्गल वरिपरि
फनफनी घुमिरहन्छ
एउटै प्रश्न
र सोच्छु
आखिर किन गर्दैछन् प्लटिङ्
यो सुन्दर धर्तीको छातीमा
र साँघुरिँदैछन् दिनानुदिन
आफ्नै परिधिमा मान्छेहरू ?
जब म पल्टाउँछु
इतिहासका पानाहरू
र अग्लिएका देख्छु
विभेदका पर्खालहरू
सोध्न मन लाग्छ
आर्डिपिथेकसका अस्थिपञ्जरहरूसँग
आखिर के थियो
उनको
जात ?
धर्म ?
वर्ण ?
या
वाद ?
जब म देख्छु
सगरमाथाको आँगनमा समर मनाइरहेका
एक हुल साइबेरियन चराहरू
र छुन्छु
सागरको शीत उनेर
सगर चुम्न उडेका
बैँशालु बादलका भुवाहरू
मलाई पनि भुल्न मन लाग्छ
मायामी बीचका छालहरूसँगै
फुल्न मन लाग्छ
भर्जिनियाका भ्यालीहरूमा लालीगुराँससँगै
र डुल्न मन लाग्छ
डोकोमा हिउँका डल्लाहरू बोकेर
मरुभूमिका ऊँट गोठालाहरूसँगै
तर घृणा लाग्छ
मानव निर्मित साँधहरूसँग
र सोच्छु
किन वर्जित छ धर्ती धर्तीबाटै ?
किन बर्जित छ मान्छे मन्छेबाटै ?
ए मानव
किन यो आकाश
उत्सर्जित आँसु रोइरहेछ ?
किन यो धर्ती
रगतका आहालमा अनुहार धोइरहेछ ?
सक्छौ भने लगाऊ साँध
र रोक आकाशमा पोखिएका
युरेनियम र मिथेनका झोलहरू
सक्छौ भने बनाऊ बाँध
यो विशाल धराको छातीमा
र रोक समयका बलवान छालहरू
सक्छौ भने धुजा धुजा बनाऊ
यो सगर
यो सागर
यो चन्द्र
यो सूर्य
र झुन्ड्याऊ
एक टुक्रा आकाश
म बाँकी आकाश ओढेरै सहि
गुनगुनाई रहनेछु
वर्जित धर्तीका गीतहरू ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
0
Would love your thoughts, please comment.x
()
x