साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संस्कार फेरिन्न खै

Nepal Telecom ad

सौताको रिस, जातिद्रोह, पदको लिप्सा, अहम् फैलियो
नेपाली गुटमा विभक्त हुनु नै दुर्भाग्य हाम्रो थियो ।
मारी सक्षम भारदार पदमा बस्थे मुसा शेर भै
राणातन्त्र गए नि यो मुलुकको संस्कार फेरिन्न खै ?

शङ्का, द्वेष, विषादले रगतको खोलो बगेथ्यो जहाँ
भिज्दा कोत पटाङ्गिनी रगतले जङ्गे उदायो त्यहाँ ।
बोली कानुन बन्दथ्यो र जनता बस्थे सधैँ त्रासमै
आयो रे गणतन्त्र यो मुलुकको संस्कार फेरिन्न खै ?

राणा शासन अन्त्य भैकन यहाँ आयो नयाँ शासन
उस्तै अस्थिरता थियो र त फिरे पञ्चेहरूका दिन ।
पञ्चेतन्त्र ढलाइयो मुलुकका मान्छेहरू एक भै
यी ‘चैते’ पदमा पुगे बदलिने संस्कार फेरिन्न खै ?

आफ्नो लाभ हुने भए सब जना मिल्छन्, रहन्छन् चुप
आफ्ना लागि हडप्छ राज्य ढुकुटी जो हुन्छ सत्तारुढ ।
नेता जित्छ चुनाव भाषण गरी फर्कन्न ऊ गाउँमै
’जोगी जो पनि मात्र कान चिरुवा’ संस्कार फेरिन्न खै ?

राणा शासन लोकतन्त्र अथवा पञ्चायती शासन
आयो है गणतन्त्र यो मुलुकमा भन्दै गरुन् भाषण ।
ती मान्छे पदमै सदैव जनको पाई भरोशा निकै
छेपारेपन ग्रस्त यी मनुजको संस्कार फेरिन्न खै ?

फेरिन्छ वन वृक्ष याम मनको भोगाइ बेला बिते
पापी भ्रष्ट र क्रूर यो मुलुकका मन्त्री हुनेछन् जिते ।
गर्ने व्यक्ति भए विरोध उसको आफू सधैँ मूर्तिझैँ
फेर्यौँ शासक, भूप वा युगहरू संस्कार फेरिन्न खै ?

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x