साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अस्वीकार्य प्रेमोपहार गुलाब

Nepal Telecom ad

“प्रेमदिवस”लाई स्वागत गर्दै “प्रेमदिवस” सम्बन्धी नै यो कथाको श्रीजना भयो । यस्तै दिवसहरुको नाममा समाजमा हुने बिक्रिती,बिसंगतिलाई पारदर्शी गर्न मैले यसरी यो कथाको आरम्म गरें ।
टेलिफोनको घण्टी बज्यो । मायाले फोन उठाइेन् । फोनमा सिमाले भनिरहेकी थिइे । “माया…,मेरो साथी रुस्तमले यो “प्रेम दिवसमा” तिमीलाई “रातो गुलाब” उपहार दिन्छु भन्दैथ्यो । के स्वीकार गर्छ्यौ ? “मायाले सहजै अस्वीकार गर्दै भनी । “अँह मलाई कसैको उपहार चाहिन्न । म यत्तिकै ठीक छु । “सिमाले फेरि कुरा कोट्ट्याउँदै भनी । “कस्तो कुरा गर्छ्यौ ? के भो ? ऊपनी राम्रो,पढेलेखेको केटो छ । उ\’मा के कमी छ र ?मायाले फेरि जवाफ दिइे । “प्रेमदिवसकै दिन गुलाब दिएर,प्रेम प्रस्ताव राखेर मात्र प्रेम सफल अनि दिर्घकालिन हुन्छ? केटो राम्रो,पढेलेखेको भनेर मात्र कहाँ हुन्छ र ? मान्छेको मन सफा,सोंच् निश्कलंक हुनुपर्छ । “
लौ!तिमीले किन यस्तो कुरा गर्दैछौ माया ? मैले केही बुझ्न सकिरा\’छैन । मैले त दुईजनाको जोडी,ब्यवहारिकता मिल्छ भनेर पो भनेकी त !तिम्रो इेच्छाको कुरा हो, तर तिमीले अबभने आफ्नो बैवाहिक जीवन र आफ्नो आधारको बारेमा सोंच्ने बेलापनी आएको जस्तो लागेर मैले यो प्रस्ताव सुनाएकी हुँ । “मायाले जवाफमा भनी । “सिमा मलाई “प्रेम दिवस” अनि यस्तो उपहारको विश्वास नै लाग्दैन ।”सिमाले प्रश्न गरी । “किन ? यो आधुनिक जमाना हो साथी । यो समयमापनी तिमी उही पुरानो सोंच् पालेर बस्छौ भने,मेरो के लाग्छ र ? “सिमाको वाक्यलाई ब्यङ्यात्मक तरिकाले जवाफ दिँदै मायाले भनी । “सिमा,म आधुनिक जमानाकै भएपनी औसत कुराहरुमा पौराणिकतालाई नै मान्यता दिन्छु । यदी मैले पहिला नै पुराना कुराहरुमाथी विश्वास गरेकी भए यतिखेर म बिवाहित भएर आमा बनिसकेकी हुन्थें शायद, तर मपनी आधुनिक जमानाकी युवती बन्ने हुँदा “प्रेम दिवसको बहानामा गुलाबको फूल दिनेको शिकार बन्ने थिइेन हुँला ।”
मायाको कुराले बिवह्ल बन्दै सिमाले प्रश्न गरी । “माया कस्ले तिमीलाई त्यस्तो धोका दियो ? माफ गर,तर मलाई भन त्यो धोकेबाजको नाम । “मायाले जवाफमा भनी । म त्यो नाम लिन सक्षम छैन सिमा । तिमी अचम्भित् र निरश बन्नेछौ,यदी मैले त्यो नाम लिएँ भने । सिमाको मनमा चिसो पस्यो र सिमाले मायाको मुखबाट त्यो नाम खुस्काउने प्रयत्न गर्दैथिइे । ठ्याक्कै उस्कोअघी आफ्नो श्रीमान कौशल आइेपुगे । सिमाले हत्तपत्त फोन राखेर असमन्जसमा पर्दै सोंच्न थाली । आखिर को\’होला त्यो मान्छे ? जस्ले मायालाई लाई यस्तो निष्ठुरी बनायो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x