साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाहरूको गन्थन

Nepal Telecom ad

कता हिँडिस् ए काँइली !
आइज बस्, एकछिन बात मारम्
हेरन काँइली
अचेल मेरो छोरालाई के भो के
खाली अचम्म अचम्मका काम गर्च
कहिले कर्कलाको पानी देखाएर
यो मेरै आयू हो भन्च।
कहिले पात–पातमा अल्झेका शित देखाएर
रातभरि जून(तारा रोएछन् भन्दै, आफैँ रुन्च ।
कहिले आँगन साँघुरो भो, पर्खाल भत्काऔँ भन्च ।
कहिले यै पाखो घरबारी खनेर समथर बनाऔँ भन्च ।
काँइली ! बुढेसकालको साहारा यो छोराले
मलाई त बहुलाइनै बनाउने भो ।
खालि घरमुनिको लहलहाउँदो साग हेरेर फिस्स हाँस्च ।
जुनारको फूलहरूसँग साउती मार्च ।
कागतीको अमिला दाना हेरेर नौलो मान्च ।
खोपाको भँगेरा र तिनीहरूको बच्चा देखेर खुशी हुन्च ।
मौरीको घारतिर हेरेर भलभल आँसु बगाउँच ।
भात पाक्ना साथ अगेनाको आगो हतार हतार निभाउँच ।
रात परेसि टुकीको अघिल्तिर बसेर निक्कैबेर टोलाउँच ।
काँइली !
मेरो छोरालाई त राँकेभूत लाग्यो कि क्या हो ?
तल्लारकी बज्यै नि ठिककी छैनन् भन्चन्
न तिनैको नजर पर्यो कि ?
खै के हो के, जोखाना हेराउन पर्च केरे ?
अली राम्रो धामीलाई देखाउनु पर्च केरे ?
तँलाई था छ त काँइली ? अलि जान्नी धामी ।
अस्ति हो कि कहिले पो हो,
बारीको माटो हातभरी खेलायो
र माटोलाई भगमान भन्यो।
मन्दिर तिर फर्केर धारे हात लायो
र देउतालाई ढुङ्गा भन्यो ।
काँइली, देउतालाई रीस गरेर के भलो हुँदो हो तेस्को ।
अँह पागलले नपुर्याउने भो, हाम्लाई स्वर्ग ।
पापको भारी बोकेर आँफै, नर्क जाने भो ।
बाउन बोलाएर क्षमा पूजा, रुद्री जाप नलाइ भएन् ।
अँ साँच्ची, हिजो पो हो के रे
बुढाले कुन्नी काँट हो, सुनेर आउनु भच
भन्दै हुनुहुन्त्यो “तेरो छोरो त कविता गर्दै हिन्च रे ।”
काँइली, तँलाई था छ कि ? यो कविता गर्नी भनेको के रछ हँ ?

रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x