सुलसुलेप्रश्रितलाई साहित्यिक संस्थाको अभिनन्दन
भैरहवा, असार ६ । महाकवि मोदनाथ प्रश्रितको ७५ औँ जन्मोत्सवका अवसरमा प्रश्रित प्रतिष्ठान तथा सिद्धार्थ साहित्य परिषद्ले संयुक्त रुपमा भैरहवामा भव्य साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली साहित्यमा प्रश्रितको योगदान विषयक विचारगोष्ठी तथा बहुभाषी कविगोष्ठीमा नेपालको पूर्व मेचीदेखी पश्चिम कालीसम्मका साहित्यिक संघसंस्थाका प्रतिनिधि सहभागी भइ अभिनन्दनपत्र मार्फत महाकवि प्रश्रितको जन्मउत्सवलाई उल्लासमय ढंगले मनाएका छन् ।
प्रश्रित प्रतिष्ठान नेपाल केन्द्रिय समिति अध्यक्ष प्राध्यापक डा. कपिलदेव लामिछानेको सभापतित्व एवं सिद्धार्थ साहित्य परिषदका अध्यक्ष सहप्राध्यापक डिल्लीराज भट्टराइको सञ्चालन एवम् शिक्षाविद बालकृष्ण भट्टराईको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा प्रश्रितलाई अभिनन्दनपत्र एवं खादा र ढाकाटोपी उपहार प्रदान गर्दै उहाँलाई शुभकामना दिएका थिए ।
डा बालकृष्ण थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिद्धार्थ साहित्य परिषद, रुपन्देही, प्रश्रित प्रतिष्ठान नेपाल, केन्द्रिय समिति, सिर्जनसील साहित्यिक समाज रुपन्देही, बुटवल साहित्य कला संस्कृति प्रतिष्ठान बुटवल, प्रेमा वाङमय प्रतिष्ठान नवलपरासी, जनसाहित्यिक मन्च नेपाल, रुपन्देही, तरंग साहित्यिक संगम पाल्पा, चितवन समसामयिक पत्रिका, चितवन, जनसाहित्यिक मन्च पाल्पा लगायतका संघसंस्थाले कवि प्रश्रितलाई अभिनन्दन गरेका छन् ।
सोही अवसरमा प्रश्रितको बहुआयामिक व्यक्तित्वमा आधारित विचारगोष्ठी सम्पन्न भएको छ । दोस्रो सत्रको रुपमा भएको उक्त कार्यक्रम सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराईको सभापतित्व एवं रुद्र ज्ञवालीको सन्चालनमा सम्पन्न भएको हो । सो गोष्ठीमा प्रा.डा. भिम खतिवडाको प्रश्रितका महाकाव्यका बैचारिक चेतना विषयमा कार्यपत्र पेश गरेका थिए । डा. शिव प्रसाद पौड्यालको नेपाली निबन्धको विकासमा प्रश्रितको योगदान, डा. सुदन पौडेलको प्रश्रितका महाकाव्यमा मानवताबाद, नरनाथ लुइटेलको प्रश्रितका कवितामामा हास्यव्यङ््ग्य चेतना, टंक पन्थको प्रश्रितका महाकाव्यमा रस अलंकार, नारायण पन्थको प्रश्रितका महाकाव्यमा अलङ्कार, प्रा.डा. कपिल लामिछानेको नेपाली नाटकको विकासमा प्रश्रितको योगदान र प्रा.डा. यदुनन्दन उपाध्यायको नेपाली महाकाव्यको विकासमा प्रश्रितको योगदान विषयका पत्र प्रस्तुत गरिएका गरिएका थिए । प्रस्तुत पत्रको समीक्षा प्रा.डा नारायण प्रसाद खनालले गरेका थिए ।
कार्यक्रममा साहित्यकार रुद्र ज्ञवाली (रुपन्देही), रामप्रसाद अर्याल (पाल्पा), कल्पना ओली सिटौला (मेची) लाई सम्मान गरिएको थियो । तिनैजना सम्मानित स्रष्टाको बारेमा क्रमशः बनमाली निराकार, राजेश अर्याल र देवीचरण भण्डारीले परिचय दिएका थिए ।
स्रष्टा देवेन्द्र घिमिरे र बालकृष्ण भट्टराईले सहयात्री प्रश्रितबारे संस्मरणात्मक अभिव्यक्ति प्रस्तुत गरेका थिए कार्यक्रममा सम्मान ग्रहण पश्चात कवि प्रश्रितले बुद्धको देशमा जो जहाँ रहेता पनि सबै नेपाली भएको जनाउँदै ‘बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवामा मलाई जसरी सम्मान गरियो, यसले मलाई किशोरवस्थामा पुराएको छ । हामी सबै मानव हो, मानव भएर बाच्न सिकौँ ।’
कार्यक्रममा कविहरू झाँक्री खोले, प्राज्ञ बुंद राना, प्रा.डा. नारायण खनाल, अर्जुन ज्ञवाली, डा. बालकृष्ण थापा, लगायतले प्रश्रितको बहुआयमिक पक्षको बारेमा प्रस्ट्याएका थिए ।
कार्यक्रममा कविता पौड्याल, आश्रित प्रतिष्ठानका अध्यक्ष देवेन्द्र घिमिरे, मणिराम भट्टराई, डा. दामोदर ढकाल, डा. हिरण्य ज्ञवाली, तेज प्रसाद पन्थ, भरत कुमार पोखरेल, रमेश समर्थन, दिपक ज्ञवाली, बाबुराम पाण्डे, उमेश रिजाल, राजेन्द्र घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।
– नरेश केसी
Subscribe
Login
0 Comments
Oldest












































