साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मित्र भनुँ कि दुश्मन !

Nepal Telecom ad

म नलेखी बस्न सक्तिन रहेछु । कुनै आर्थिक उपलव्धि होस् नहोस् कसैले सुनोस् नसुनोस् पढोस् नपढोस् वाहवाही गरोस् नगरोस् यो अम्मल चाहिं छोड्न सकिएन र अरू अम्मललाई छोड् भन्ने धेरै भए पनि यो चाहिँ छोड् भन्ने कोही पनि निक्लेन । घरमालिक्नीले समेत प्रथम श्रवण गरेर काटछाँट र गजब वा यो त भएन भनी भनी हौस्याएपछि त झन् बाँदरलाई लिस्नो भइहाल्यो । पहिले पहिले त कागत कलम मसी चाहिन्थ्यो, अहिले त त्यो पनि नचाहिने भएपछि त औंला गुटुटुटु कुद्न थालि हाल्छन् । अझ कसो दशै औंला परेड खेल्न जानेका छैनन् । दुई चोरले मात्र किटिकिटि गरेर काम गरिन्छ । नत्र त यी मुहार पुस्तिकाका साथी सबैले पनि अमित्र बनाइसक्थे होलान् ।

अँ, त स्वाद आउँछ लेख्ता अनि लेखिन्छ । किताप बनाएर पनि कति छपाउनु ? तर यहाँ पनि यौटा प्राविधिक समस्या पो परेर आयो त । मेरा यौटा पुस्तकालयाध्यक्ष मित्र छन् । मलाई लेख्ता स्वाद आएजस्तै उनलाई चाहिं अरूले किताप निकाल्यो भने स्वाद आउँछ भन्छन् । किन रे त भने नेपाली भाषाको खजानामा पनि अभिवृद्धि भयो । उनले पनि मसित यति गोटा थानगन्ती किताप छन् भन्न पाउने भए रे । ए बाबा ठाकुरे, (ठाकुर गुरागाईं होइन है) उनका स्वादका लागि हामी पो वलि चढ्नु पर्ने रे ! बडो मज्जाले भनिदिन्छन् तिम्रो मुहार पुस्तिकामा लेखेको त आज पढ्छन् भोलि बिर्सन्छन् अनि पर्सि त तिमी मर्यौ । केही बाँकी रहन्न । किताप निकाल किताप ! अलि दिन बढी बाँचौला ।
किताप निकाल्नाको मर्म उनीलाई कसरी बुझाउनु ? डेढ लाखलाई डाँडो कटाएर किताप सेतो कालोसम्म बनायो, अनि शुरू हुन्छ कसरत । कल्ले किन्नु कल्ले बेच्नु कल्लाई बेच्नु ? कि त भवानी दाइ (घिमिरे) जस्तै देश विदेश झोला लिएर कुद्न सक्नु पर्यो कि स्थानीय किताप पसलेका फन्दामा कसिनु पर्यो । लौ, किनेनन् त किनेनन् रे भैगो । सित्तैं मान गरेर सही गरीगरी उपहार टक्र्याएका किताप त घर पुगेपछि यति व…रैबाट हुत्त पारेर कितापको डङ्गुरमा फालेपछि झिक्ने कष्ट कोही गर्ने होइनन् अनि पढ्ने ! अब साथीहो, हजूरहरू नै मर्जी होस् ती मलाई किताप निकाल्न लाउने मेरा मित्र हुन् कि शत्रु ?

(यो लेख फित्कौलीले छापे पनि पैसो दिंदैन र म पनि माग्दिन।)

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
मुसालाई शिक्षा

मुसालाई शिक्षा

माधव पोखरेल गोज्याङ्ग्रे
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
पैँतीस वर्ष

पैँतीस वर्ष

हरि खनाल
पानीबढुवा हाकिम र गोल्डेन एज

पानीबढुवा हाकिम र गोल्डेन...

ठाकुरप्रसाद अधिकारी
क्षितिजको ज्वाला

क्षितिजको ज्वाला

लक्ष्मी रिजाल
कल्पबासको झकास

कल्पबासको झकास

नरेन्द्रराज पौडेल
0
Would love your thoughts, please comment.x
()
x