साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नक्कली डाक्टरको बिलौना

Nepal Telecom ad

आफ्नो नाम अगाडि डाक्टर थपेँ नामै बन्यो सुन्दर
बिल्ला ’डाक्टर’को भिरेर म भएँ यत्रो बडा डाक्टर
धेरै दाम कामाउनै पनि त के यै डाक्टरी चाहिने
नामी डाक्टर भै विवाह गरिँदा मानै ठुलो पाइने ।

गाडी मोटर दाइजो कति थरी यै डाक्टरीले दियो
छोरी जब्बर साहुको पनि त के यै डाक्टरीले दियो
हाम्रा डाक्टर ज्वाइं सा’प गतिला भन्दै फुरूङ्गै हुँदै
सासू गाउँ छिमेकमा कति कुरा गर्थिन् अरे मच्चिंदै ।

जो आए पनि बेडमा हजुर लौ सुत्नुस् भन्यो क्यै गरी
जे छामे पनि जे गरे पनि हुने पेशा प(यो डाक्टरी
ऐय्या कान दुख्यो भनेर महिला रोगी रुँदा धर्धरी
जान्थ्यो हात कसोकसो हुनगई छातीतिरै क्यै गरी ।

लाजै मर्नुभयो नि लौ न कसरी देखाउने यो मुख ?
हातैले अनुहार छोप्नु कति यो पाएँ नि कत्रो दुख
पत्नी छक्क परेर एक टकले हेर्छिन् मलाई हरे !
मेरो डाक्टरको उपाधि अब यो फर्किन्न कस्तै गरे !

राम्रा डाक्टर पूर्णकान्त घिमिरे भन्थे मलाई अरे
मेरैमा उपचार गर्न दुनिया जो आउँथे क्यै गरे
मेरो लौ न प्रमाणपत्र लुटियो अन्याय यो के भयो ?
यत्रा बर्ष चल्यो, चलेन अहिले सर्वश्व मेरो गयो

लम्जुङ, हाल : अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x