साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलजिब्रे

Nepal Telecom ad

सन्दर्भ : काबुल नरसंहार र २०७२/३/६

बग्दाद घाँटी रेट्छ
सगरमाथामा रगत बग्छ
काबुलमा बम पड्किन्छ
सगरमाथा थर्थराउँछ !!

के बिगार्यो र ए !
यो सर्वोच्च हिमालले
हमला हुन्छ तारन्तार
मर्म मर्ममा ताकेर !!

पसिना त पोखिँदै थियो
रगतै किन खोज्छन्
आधुनिक आताताई ती
कंसका असूर गणहरू !!

कस्तो संस्कार रैछ त्यो
पाहुनाको भोग खाने !
आदिम कथा जस्तो
जो देख्यो त्यै लुछ्ने !!

भक्कानो परेको छ यहाँ
सिलौटो जत्रो आज
करोडौं छातीहरूमा
कर्मवीरमाथि प्रहार हुँदा !!

अन्याय भा छ घोर
फट्कारिन्नन् किन
काला छन् र जिप्रा यहाँ ?
चुक्चुकायो बेसरी हृदय !!

हाम्रो मुखिया कल्जिब्रे
छिमेकी मुखिया कल्जिब्रे
विश्व मुखिया कल्जिब्रे
मन चिरिएपछि लाग्छ
सबका सब कल्जिब्रे !!

ओ शस्त्रधारीहरू हो !
खोज न मान्छे एक पटक
अन्तरकुन्तर बाँकी
तिम्रो छातीमा पनि छ कि !!

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x