साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीनधर्के ण

Nepal Telecom ad

आज एकाबिहानै प्रणय दिवश दैलामा आइपुगेपछि ण संग जम्काभेट भयो ! प्राय: बिरलै प्रयोगमा आउने अक्षर तीनधर्के ण हो ! गोरुसिंगे ञ लाई पूर्ण बिस्थापित गरेपछि निउरीमुन्टे न का गिद्दे आँखा तीनधर्के ण तिर पनि सोझिन थालेकोले त्यस्तो भएको हो ! निउरीमुन्टे न ले यदाकदा नाकथोप्ली ङ को ठाउँ पनि लिएको भेटिन्छ ! यसरी हाम्रो नेपाली बर्णमालामा निउरीमुन्टे न ले आफ्नो साम्राज्य बिस्तार गरिरहेको छ ! प्राण लाई बोलीचालीमा प्रान भनिन्छ ! बाण लाई बान र प्रणय दिवश लाई प्रनय दिवश बोलिन्छ ! यदि ङ, ञ र ण लोपोन्मुख बनस्पति हुन् भने निउरीमुन्टे न बनमासा झार हो ! बनमासाले बनलाई गाँजेर सखाप पार्छ, तर आफ्नो उपस्थितिले फिका हरियाली भने ज्युँदै राख्दछ ! अरु खतरनाक झारलाई ढिम्किन नदिने काम पनि गर्दछ ! त्यस्तै ङ, ञ र ण को ठाउँ लिएको न ले पनि बिभिन्न मौकामा मध्यस्थको भूमिका खेल्दछ ! मानिलिउँ निउरीमुन्टे न लाई चोरी हानेर हातभाँच्यो ल ले तीनधर्के ण को ठाउँ कब्जा गर्यो ! अब यस्तो फसाद पर्छ: गणित= गलित हुन्छ ! प्राण= प्राल र बाण= बाल हुनजान्छ ! प्रणय दिवश त प्रलय दिवश पो..? हत्तेरीका ! सकेसम्म तीनधर्के ण सधैं बाँचीरहोस् ! त्यो नभए बरु निउरीमुन्टे न ले नै राज्य गरोस्, कमसेकम प्रनय दिवश त हुन्छ ! त्यो हातभाँच्यो ल लाई चाहिं तीनधर्के ण को ठाउँमा ढिम्किन खोज्यो भने त्यै निउरीमुन्टे न ले ब्लक् गरोस् ! एकबारको जिन्दगी हो ! प्रणय दिवश नै प्रलय दिवश हुन गो\’भने कम्ता टेन्शन हुन्छ त यार ! सन्त भ्यालेन्टाइन बाजेका ठुला दुखले आर्ज्याको प्रणय दिवश हो, हातभाँच्यो ल लाई चेतना भया ! तीनधर्के ण को… जय !
प्रणय दिवशको सुअवसरमा यहाँहरुको प्रेम-जीवन स्वस्थ, तन्दुरुस्त र दिर्घजिवी रहोस्, हार्दिक शुभकामना छ ! प्रेम प्रेम सब कोई कहे -प्रेम ना जाने कोय ! ढाई अक्षर प्रेम को -पढे से पंडित होय ! बोलो तीनधर्के ण को…..जय !

गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x