साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोल्पामा ‘अभाव’ सार्वजनिक

Nepal Telecom ad

मुक्तककार गंगा चिन्तितको ‘अभाव’ मुक्तकसङ्ग्र्रह रोल्पाको लिबाङमा सार्वजनिक गरिएको छ । मुक्तकसङ्ग्र्रहको प्रकाशन संस्था ललित साहित्य परिषद्, रोल्पाले लोकार्पण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथि खेमराज शर्मा, विशेष अतिथि डी.बी. टुहुरो, नेपाल पत्रकार महासंघ, रोल्पाका अध्यक्ष महेश न्यौपाने र परिषद्का कार्यवाहक अध्यक्ष लोक आलोकले संयुक्त रुपमा कृति लोकार्पण गरेका थिए ।

मुक्तकसङ्ग्र्रहमाथि नेपाल मुक्तक प्रतिष्ठान रोल्पा शाखाकी अध्यक्ष देवी गुरुङले गरेकी थिइन् । ‘अभाव’भित्र मुक्तककारले जीवन भोगाई, समाजका विकृत विसंगतीलाई उठाएको समीक्षक गुरुङले बताइन् । सय वटा मुक्तकहरू सङ्ग्रृहित यो सङ्ग्रह परिषद्को २५ औं प्रकाशन हो ।

परिषद्का सचिव खेमराज गाउँलेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि खेमराज शर्मा, विशिष्ट अतिथि डी.बी. टुहुरो, नेपाल पत्रकार महासंघ, रोल्पाका अध्यक्ष महेश न्यौपाने, नेपाल मगर लेखक संघका केन्द्रीय महासचिव जीवन प्रवेश रोकामगर, राप्ती साहित्य परिषद् जिल्ला शाखा, रोल्पाका सचिव नारायण जिज्ञासु, नेपाल मुक्तक प्रतिष्ठान रोल्पा शाखाका सचिव लोकेन्द्र चन्दलगायतले शुभकामना मन्तव्य दिएका थिए । त्यस्तै मुक्तककार गंगा चिन्तितले आफ्नो लेखकीय भनाइ राखेका थिए ।

परिषद्का कार्यवाहक अध्यक्ष लोक आलोकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन परिषद्का महासचिव नवीन लोचनमगरले गरेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x