साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्योतिको १ सय १६ औँ कविता यात्रा

Nepal Telecom ad

काठमाडौं, साउन ७ गते । ज्योति साहित्य प्रतिष्ठानले एक कार्यक्रम विच अमेरिका निवासी हरिप्रसाद काफ्लेलाई ‘ज्योति साहित्य सम्मान’ द्वारा सम्मानित गर्यो । प्रा.डा. गार्गी शर्माले सम्मान अर्पण गर्दै यस्ता सम्मानले विदेशमा बसेर पनि नेपाली भाषा, साहित्यलाई माया गर्ने स्रष्टाहरूलाई उर्जा प्राप्त हुने कुरा व्यक्त गर्नु भयो । उहाँले यस्ता सद्कार्यको लागि ज्योति साहित्य प्रतिष्ठानलाई धन्यवाद पनि ज्ञापन गर्नु भयो ।

डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालले स्रष्ट्रा काप्mलेप्रति शुभकामना व्यक्त गर्दै कविता वाचन समेत गर्नुभएको थियो । डा. नवराज लम्सालले महामानव वी.पी. कोइराला र पुष्पलाललाई स्रद्धा, सुमन अर्पण गर्दै कविता वाचन गर्नुभएको थियो । समारोहमा वरिष्ठ कवि सैलेन्द्र साकार, हरि अधिकारी र नरेन्द्र राज पौडेलका साथै राष्ट्रिय कविता महोत्सव २०७३ मा विजयी कविहरू मणिराज सिंह, पुरु लम्साल, असिम सागर र त्रिलोचन आचार्यले कविता वाचन गरी कार्यक्रमलाई अझ आकर्षक तुल्याउनु भएको थियो ।

ज्योति साहित्य प्रतिष्ठानको १ सय १६ औं नियमित मासिक श्रृङ्खलामा बोस्टन अमेरिकाबाट आएका स्रष्टा हरिप्रसाद काफ्लेले सम्मानप्रति खुशी व्यक्त गर्दै आगामी १५ गते दुई पुस्तक लोकार्पण गरिने जानकारी दिनुभयो । काफ्लेले कविता पनि वाचन गर्नुभयो ।

कार्यक्रममा पुन्य गौतम, ब्रह्मप्रिय प्रेमस्वरूप, मुकुन्द न्यौपाने, हरिश्चन्द्र गौतम, शैलेन्द्र कुमार शाह, महेश प्रसाद रिजाल, आन्नद पोखरेल, केशव राज आचार्य, सुवास हमाल, संजिता झा ठाकुर, प्रीतिकौर, जगदीश्वर पोखरेल, रेहान खान, उषा आचार्य, रश्मि रिमाल, ललीता दोषी, श्रीधर पौडेल र रीता खतिवडाले पनि कविता वाचन गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन महा सचिव कमला रिसाल ज्योतिले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x