साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुझ्दैनन् मेरो कविता…

Nepal Telecom ad

लाली गुराँसलाई मधेशको
टंटलापुर घाममा
फुलाउन खोज्नेहरू,
सुनाखरीलाई
मधेशको कालो ठूटोमा
फक्राउन खोज्नेहरू,
हाँसको बथानमा
बकुल्लो मिस्नखोज्नेहरू,
कोठे लुंगी लगाएर
काँड़े तारबाट छिर्नेगरेको
रेल लाइनको दुइपट्टि टुक्रुक्क बस्ने,
हात टेकेर भात खाने,
सम्पूर्ण शरीरमा दाँतै दाँत चम्किने
रैथाने महापुरुषहरूलाई
छोरी दिएर ज्वाईं बनाएका
स्वाभिमानी खप्परहरू
बुझ्दैनन् मेरो कविता…
आफ्नै कोठेबारीमा उभ्भिएर
मागिखानेलाई मालिक भन्नेहरू,
आफूभन्दा अशिक्षितहरूका
अधिल्तिर गिड्गिडाउनेहरू,
ज्वाईंको थर सोद्धा गोत्र बनाउने
जात सोद्धा धर्म बताउनेहरू,
बिहानै लोटा बोकेर
खेतबारी र बाटाभरि
संस्कृति र सभ्यताको विकास गर्ने
महासभ्यहरूसँग
नेपाली संस्कृतिको भीख माग्नेहरू,
बुझ्दैन् मेरो कविता….
नैतिकता, स्वाभिमान,
राष्ट्रियता र जातीय गौरव
बेच्न नलजाउनेहरू,
परचक्रीको अधिल्तिर किन्न न लजाउने
अनि बेच्न लजाउनेहरू,
आफ्नो आँगन बढार्न लजाउने
तर अमेरिकाको सिकुवा बढार्न तम्सिने
स्वाभिमानी खप्परहरू
बुझ्दैनन् मेरो कविता….
अर्काको बारीमा भानुका मूर्ति बनाउनेहरू,
देश मासेर संस्कृतिको विकास गर्नेहरू,
अधिकार मासेर
संस्कार र सभ्यताको हुङ्कार भर्नेहरू,
अर्काका दोकानमा आफ्नो टोपी किन्ने
स्वाभिमानी खप्परहरू
बुझ्दैनन् मेरो कविता….
थोरै पढेका उत्तराखण्डकाहरू,
संविधानको सूचिमा भाषै नभएका
र, पढ्दै नपढ़ेका झारखण्डकाहरू,
काँधमा बन्दूक मात्र बोकेका छत्तीसगढकाहरू,
विद्यालयदेखि विश्व विद्यालयसम्मलाई
कैदमा राखेर हल्लिन नदिने तेलेंगानीहरू
अधिकार सम्पन्न भएको
अनि आफू पढ़ालिखा र
साहित्यको सर्जक भएको
महामानवतावादी
हुँदा पनि कञ्चनजंघाको कोठेबारी
मेरो नाउँमा किन गर्न सकिनँ
भनेर आत्मचिन्तन गर्न नसक्ने
साहित्यका स्वाभिमानी खप्परहरू
अनि त्यस्तै, त्यस्तै खप्परका
महास्रोतहरू
बुझ्दैनन् मेरो कविता…. ।

स्थानः कामाख्या धाम, गुवाहाटी, असम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाटक

नाटक

कनकधारा स्वामी स्वदेशानन्द
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x