साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाटो छाडेपछि

Nepal Telecom ad

हिंडिरहेको बाटो छाडेपछि
हराउँदो रहेछ
मान्छेहरूको अनुहारमा चमक ।

हिंडिरहेको बाटो छाडेपछि
फेरिँदोरहेछ उसको स्वभाव
उसको चलन
उसको बोलिचाली
सबै एकाएक फेरिंदा रहेछन्
र बेग्लो देखिँदोरहेछ मान्छे ।

हिंडिरहेको बाटो छाडेपछि
कतै पनि आउँदो रहेनछ
आफूले बोकेको झण्डाको याद
कतै पनि सम्झनामा आउँदो रहेनछ
सपनाका हरिया फाँटहरू
जब आफू हिंडेको बाटो बीचबाटै छुट्छ
सबैसबै एकाएक विस्मृत हुँदारहेछन्
सुंगुरहरूले लगाइदिने माला
किचकन्याहरूको प्रेम
हत्याराहरूले गाएको गीत
क्रमसः प्रिय लाग्दै जाने रहेछ ।

हिंडीरहेको बाटो छाडेपछि
सन्तान हराएका आमाहरूको आँखा
गरिबहरूको सुनसान अगेनो
सबैसबै सामान्य लाग्ने रहेछन्
आफ्नै देशको इतिहास
कुनै दन्त्यकथा सुनेझैँ लाग्ने रहेछ
आफूले देखेका सपनाहरू
क्रमसः विस्मृत हुँदै जाँदारहेछन्
र मान्छे पनि नितान्त फरक हुँदोरहेछ ।

हिंडिरहेको बाटो छाडेपछि
विस्तारै हराउँदो रहेछ उसको संवेदना
र मान्छे पनि
साँच्चै बेग्लै हुँदो रहेछ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म देश पढ़्दैछु

म देश पढ़्दैछु

मातृका पोखरेल
माछा, जाँड र रुद्र खरेल 

माछा, जाँड र रुद्र...

मातृका पोखरेल
ऐना

ऐना

मातृका पोखरेल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x