साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो हो नि चुनावको कमाल

Nepal Telecom ad

यो बेला कहिले नभाको विकास हुँदैछ
बिजुली पनि आकै छ
कोहि अँध्यारो भयो भनेर चुइँक्क बोलेको छैन
पानी पनि नआकै छ
कसैले बाटो हिलो भयो भनेर मुख खोलेको छैन
दिनभरि नेताको नमस्ते पाइन्छ
साँझ परेपछि उनैले दिएको मासु भात खाइन्छ
उस्को पार्टीलाई सराप्तै भाषणको राँको बाल्ने हो
र्यालीमा जान उसैको पेट्रोल हाल्ने हो
नेता हुने त भाषणले हो भाषणमै कुरा समाल
यो हो नि चुनावको कमाल ।

पुल बन्या बन्यै छन रेल कुद्या कुद्यै छन्
पाइपबाट ग्यास झरेको झर्यै छ
हावाको बिजुली बल्या बल्यै छ
चोक गल्लीका बाटा सिलिली
गरिब धनीका गाडी फिलिली
स्वदेशमै युवालाई काम पुग्या पुग्यै छ
विदेशतिर मजदुर बोक्ने जहाज खाली उड्या उड्यै छ
पानीजहाजमा नेपाली झण्डा फहराएको छ
बाबु आमा श्रीमान श्रीमती छोरा छोरीको शोक सुर्ता हराएको छ
नयाँ कारखाना चल्या चल्यै छन्
थोत्रा बस गाडीहरू त्रिशूलीदेखि भिरपाखासम्म
ढल्या ढल्यै छन्
नेता हुने त भाषणले हो भाषणमै कुरा समाल
यो हो नि चुनावको कमाल ।

अब थाङ्ने भिसामा कसैका आमा बाबु
छोरी बुहारी सयार्न अमेरिका अष्ट्रेलिया जानु पर्दैन
एउटाले पाँच हजार बृद्ध भत्ता दिँदै थियो
अर्काले दश हजार दिँदैछ
भोलि अर्को पन्द्र हजार दिने आउला
हामी पनि कुहिरे जस्तै भएर उनको देश घुम्न जाउला
छाला जुत्ता कारखाना उडाएर के भो
कागज कारखाना डढाएर के भो
जुट मिललाई जुका लगाओस्
जंगे पिलर उता भगाओस् कि एता मगाओस्
पटक पटक गाडी दुर्घटना हुँदा
जनता मर्यो भन्ने नेतालाई पिर नहुने रहेछ
भोट घट्यो भन्ने पिर
नेता हुने त भाषणले हो भाषणमै कुरा समाल
यो हो नि चुनावको कमाल ।

झापा, हालः काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीजकाे गीत

तीजकाे गीत

थरेन्द्र बराल
दिनुपर्‍यो भोट

दिनुपर्‍यो भोट

थरेन्द्र बराल
बुहारी दिवस मनाऊ

बुहारी दिवस मनाऊ

थरेन्द्र बराल
लौ हजुर सिटामोल आयो

लौ हजुर सिटामोल आयो

थरेन्द्र बराल
बरमझियाको चिया

बरमझियाको चिया

थरेन्द्र बराल
मसँग लभ गर्ने हो ?

मसँग लभ गर्ने हो...

थरेन्द्र बराल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x