साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लौ हजुर सिटामोल आयो

ज्वरो आउनेले टिभी र रेडियोमा लाइन लाग्नुहोस् समाचार भन्नेसँग सिटामोल माग्नुहोस्

Nepal Telecom ad

लौ हजुर सिटामोल आयो
आयो है हजुर आयो
बूुढो रूको फेदमा आउनुहोस्
सरकारको भजन गाउनुहोस्
माईक्रोफोन स्टेण्डमा लाउनुहोस्
प्रवक्ता मन्त्री आउँदै हुनुहुन्छ
सिटामोलको गीत गाउँदै हुनुहुन्छ ।

के रे ? कुरा बुझिन रे ?
कुरा बुझ्ने गरि बोल्दा
खोप्ने मान्छे छ खोप छैन
सिरिन्ज छ त्यसका मुखमा लाउने छोप छैन
जे एण्ड जे खोज्दा बुस्टर आउँछ
बुस्टर खोज्दा जे एण्ड जे पाउँछ
यता कार्ड बेगर कतै पस्न नदिने
उता खोपलाई ठाउँमा बस्न नदिने
पचिस लाख डोज मुसाले तानेछ
अझै कतिलाख कपाकप खानेछ
मुसा मार्ने काम गर्नु हुँदैन ।
सिटामोल माईकमा आउछ हजुर
नखाई नखाईत मर्नु हुदैन ।

आयो हजुर अयो सिटामोल आयो
अलिकति भन्सारले खायो
अलिकति ठेकदारको मान्छेले पायो
अलि धेरै त राणाको जुवाईलेनै उडायो
उब्रेको आसेपासेले मोटरमा गुडायो
सिटामोल छ भन्ने प्रमाण कागजपत्र साक्षी छ
ट्याब्लेट चाहिँ मन्त्रीलेनै खाइसकेछन हजुर
खोस्टा चाहिँ दराजमा अझै बाँकी छ ।

लौ हजुर सिटामोलको खोस्टा आयो
मुख आँ गरेर तातो पानी पिउनुहोस्
सिटामोलको खोस्टा हेरेर जिउनुहोस्
लौ आयो हजुर सिटामोल आयो
टेलिभिजन भरि आयो
रेडियो भरि आयो
ज्वरो आउनेले टिभी र रेडियोमा लाइन लाग्नुहोस्
समाचार भन्नेसँग सिटामोल माग्नुहोस्
आयो हजुर आयो सिटामोल आयो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीजकाे गीत

तीजकाे गीत

थरेन्द्र बराल
दिनुपर्‍यो भोट

दिनुपर्‍यो भोट

थरेन्द्र बराल
बुहारी दिवस मनाऊ

बुहारी दिवस मनाऊ

थरेन्द्र बराल
बरमझियाको चिया

बरमझियाको चिया

थरेन्द्र बराल
मसँग लभ गर्ने हो ?

मसँग लभ गर्ने हो...

थरेन्द्र बराल
मसँग लभ गर्ने हाे ?

मसँग लभ गर्ने हाे...

थरेन्द्र बराल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x