साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बरमझियाको चिया

नयाँ झाँक्री चिया पत्ती पनि छ बतास पत्ती ललिता पत्ती लौ हजुर छानि छानि पिउनुहोस् आनन्दले जिउनुहोस्

Nepal Telecom ad

ल आउनुहोस् है हजुर आउनुहोस्
छानि छानि खानुहोस्
यो बाजेको पेडा होइन
बुढा बाजेको पेडा पनि होइन
सक्कली बाजेको पेडा पनि होइन
नक्कली झन पटक्कै होइन
काका भतिजाको त ज्यान जाला होइन
नाति पनातिको पनि होइन
यो ओर्जिनल बाजेको पेडा भन्नुहोला
होइन है होइन बिश्वास गर्ने दिन गए
अब बरमझियाका पेडा नबिक्ने भए
कुनै पनि बोर्डको बिश्वास
ग्राहकलाई हुन छाड्यो
नानाथरिका बोर्डले ग्राहकलाई भाँड्यो
जति लोभ देखाए पनि
पेडातिर मन जान छाड्यो

आउनुहोस्
अब बरमझियाको चिया खानुहोस्
ट्वाइलेट पछाडि है पछाडि भनेको
जुन ठाउँमा सुन्छ
त्यहाँ झुरूम्म यात्रुहरू हुन्छ
कसैले अगाडिको फाल्छन्
कसैले पछाडिको फाल्छन्
कसैले चुरोटको धुप बाल्छन्
कसैले ल्वाङको टुक्रा मुखमा हाल्छन् ।
पहिले न बोर्ड न बिज्ञापन भएको चिया पसलमा यात्रुहरू जान्थे
सबै मिलेर आनन्दले खान्थे
अबत बरमझियामा चिया पसल पनि बढेछन्
पसलेहरू पेडावाला भन्दा धेरै माथि चढेछन्
गाडी देख्यो कि चिच्याउन थाल्छन्
रोकिनै नपाई
यात्रुलाई घिस्याउन थाल्छन्
भित्रबाट एउटा कराउँछ
लौ हजुर आउनुहोस्
यो अर्गानिक समाजवादी चिया हो
गाई भरखरै मात्र ब्यायेको हो
अहिले दोहेर ल्याएको हो
बुढो रूख भए नि अलि अलि छाया दिएकै छ
मधेश बादीको भये पनि रंग पिएकै छ
ताजा दुधमा बनाएको छ
ईलामको एक नम्बर चियापत्ती खन्यायेको छ
शंका नगर्नु हजुर
झाँक्रीले च्याप्प समाएर
ल्याएको चिनी हो
त्यहि चिनी लगाएको चिया हजुरलाई दिने हो
के तपाईं पनि एक कप तातो लिने हो ?

आउनुहोस् हजुर आउनुहोस्
यो प्रचण्ड चिया हो
भरखरै शेरबहादुरले पिया हो
जनताले पिउँदा सिनु सिनु गन्हा हो
नेता र झोलेले पिउँदा मजाले रमा हो

चिनी कम रङ कडा
रंग कम चिनी कडा
दूध चिया, रातो चिया, तुलसी चिया
गुर्जो चिया, ल्वाङ सुक्मेल चिया
कालो चिया, हट लेमन चिया ।
झापाली चियापत्तीको चिया खाए
जोक भन्न आउँछ
ईलामे खाए
सर्प पाल्न मन लाउँछ
रौतहटको चिया अलि टर्रो लाग्छ
गोर्खाको खाए मान्छे मारौं मारौं लाग्छ
तनहूँको खाये जिब्रो लटपटिन्छ
डडेल्धुराको खाए महराको जस्तै मन छटपटिन्छ
लौ हजुर खान चैंं खानुहोस्
छानि छानि खानुहोस्
नयाँ झाँक्री चिया पत्ती पनि छ
बतास पत्ती ललिता पत्ती
लौ हजुर छानि छानि पिउनुहोस्
आनन्दले जिउनुहोस्

आउनुहोस् हजुर आउनुहोस् ।
के रे पानी अरे ?
पानी शुद्ध सफा मलिलो जमिनको हो
हजुरहरू एता चिया खानु हुन्छ
बोतलमा पानी लिएर पछाडि जानु हुन्छ
हो त्यहिँ कल गाडेर निकालेको पानी हो हजुर
कसम होला पानीमा शंकै छैन
तेहि पानीले पखालेको गिलास हो हजुर
गिलासमा झन शंकै छैन
ल आउनुहोस् हजुर आउनुहोस्
हजुरलाई कति चाहिन्छ
यहाँ गठबन्धन चिया पनि पाइन्छ
हजुर चिया मजाले पिउनुहोस्
आनन्दले जिउनुहोस्
आउनुहोस् हजुर आउनुहोस्
बरमझियाको चिया पिउनुहोस् ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीजकाे गीत

तीजकाे गीत

थरेन्द्र बराल
दिनुपर्‍यो भोट

दिनुपर्‍यो भोट

थरेन्द्र बराल
बुहारी दिवस मनाऊ

बुहारी दिवस मनाऊ

थरेन्द्र बराल
लौ हजुर सिटामोल आयो

लौ हजुर सिटामोल आयो

थरेन्द्र बराल
मसँग लभ गर्ने हो ?

मसँग लभ गर्ने हो...

थरेन्द्र बराल
मसँग लभ गर्ने हाे ?

मसँग लभ गर्ने हाे...

थरेन्द्र बराल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x